डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु



धनगढी । चट्याङ लागेर डडेल्धुराको परशुराम नगरपालिका एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर परशुराम नगरपालिका वडा नम्बर ३ मार्कुमा एक स्कुले छात्राको ज्यान गएको हो ।

परशुराम नगरपालिकाको भागेस्वर मा बि शीर्षमा कक्षा ८ मा अध्ययनरत बर्ष १३ कि छात्रा संगीता भाटको मृत्यु भएको हो ।

घरमै बसेको बेला चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउदा बाटोमा नै मृत्यु भएको जोगबुडा अस्पताल स्रोत ले जनाएको छ ।