चट्याङ लागेर ७ महिला घाइते - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

चट्याङ लागेर ७ महिला घाइते



डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ चैकोटमा आइतबार साँझ करीब ५ः३० बजे चट्याङ लागेर सात जना महिला घाइते भएका छन् ।

गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले दिनुभएको जानकारीअनुसार खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चट्याङ पर्दा सोही स्थानका देवी बोहरा, पदमा धानुक, भगु दमाई, कल्पना दमाई, दुर्गा दमाई, जमुना दमाई र मिट्ठु दमाई घाइते भएकाे हो ।

घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । (रासस)