करिश्मा मानन्धरकाे घरमा चट्याङ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

करिश्मा मानन्धरकाे घरमा चट्याङ



काठमाडौं । अभिनेतृ करिश्मा मानन्धरको घरमा आइतबार अपराह्न चट्याङ्ग परेको छ ।

अभिनेत्री मानन्धरको गोदावरीस्थित घर परिसरमा चट्याङ परेको हो । मानन्धरका अनुसार गोदावरीस्थित घर परिसरमा रहेको रुखमा चट्याङ्ग परेको छ ।

चट्याङ्ग परेपछि रुखमा क्षति पुगेको छ । चट्याङ परे पनि घरका अन्य सामान र मानिसलाई केही नभएको मानन्धरले बताइन् ।

मौसममा खराबीसँगै देशका विभिन्‍न भागमा हावाहुरी र बर्षात् भएको छ । सो क्रममा चट्याङ समेत परेको थियो ।