चार्ल्स सोभराजले नेपाल सरकारलाई मुद्दा हाल्ने - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

चार्ल्स सोभराजले नेपाल सरकारलाई मुद्दा हाल्ने



काठमाडौं। सिरियल किलर चार्ल्स सोभराजले नेपाल सरकारलाई मुद्दा हाल्ने बताएका छन्। उनले नेपालबाट जेलमुक्त भएसँगै आफूलाई विनाकसुर जेलमा राखेको भन्दै मुद्दा हाल्ने बताएका हुन्

घर फर्कनेक्रममा एएफपीसँग कुरा गर्दै नेपाल सरकारसहित धेरैलाई मुद्दा चलाउने बताएका हुन्। विमानस्थल पुगेपछि एएफपीसँग उनले भने ‘‘मलाई राम्रो लागेको छ । मैले धेरै गर्नुछ । मैले नेपाल सरकारसहित धेरैलाई मुद्दा चलाउनु छ।’’ उनी १९ वर्ष २ महिना लामो जेल जीवनबाट मुक्त भएर घर फर्केका छन् ।

सन् २००३ देखि नेपालमा क्यानेडियन र अमेरिकी नागरिकको हत्या आरोपमा सजाय भोगिरहेका ७८ वर्षीय शोभराजलाई सर्वोच्च अदालतले बुधवार थुनामुक्त गरेर उनकै देश पठाउन आदेश जारी गरेको थियो।

१९ वर्ष जेलमा बसेर छुटेका कुख्यात अपराधी चार्ल्स शोभराजलाई उनकै देश फ्रान्स डिर्पाेट गर्नको लागि विमानस्थल लगिएको थियो। शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए ।

उनलाई फ्रान्स पठाइएको छ। कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस पठाइएको हो।