चरीले गुड सार्‍यो बनैमा बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चरीले गुड सार्‍यो बनैमा बजारमा (भिडियो सहित)



शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.को प्रस्तुति रहेको विष्णु पाण्डेको साङ्गीतिक कोसेली “चरीले गुड सार्‍यो बनैमा” बजारमा आएको छ । यस गीतको लय तथा शब्द सङ्कलन गायक ईश्वर पौडेलले गरेका छन् ।

गायिका भूमिका गिरी र विष्णु पाण्डेको स्वर रहेको यस गीतको म्युजिक भिडियोमा प्रकाश सपुत र अन्जली अधिकारीले अभिनय गरेका छन् ।

म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना गुरु आमाले निर्देशन गरेकी छन् भने छायाङ्कन सुरेश श्रेष्ठ र सम्पदा प्रकाश धमलाको छ ।

चरीले गुड सार्‍यो बनैमा गीतलाई प्रबन्ध निर्देशक शम्भु कुँवर शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ ।