४ केजी चरेससहित अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

४ केजी चरेससहित अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ



काठमाडाैँ। नेपाल एयरलाइन्सको उडानबाट बैंकक उड्न लागेका एक अमेरिकी नागरिक ४ केजी ८ सय ग्राम प्रतिबन्धित लागूऔषध चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

चरेस लैजाने क्रममा उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो । लगेज चेक इन गर्ने क्रममा एक्सरे मेसिनमा शंकास्पद वस्तु देखिएपछि भन्सार कर्मचारीले लगेज प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले अनुसन्धान गर्दा चरेस भेटिएको हो ।

पक्राउ अमेरिकी नागरिक विलियम हेरोन क्यामरोन रहेको प्रहरीले जनाएको छ । उनी उडान नं.४०२ मार्फत बैंकक जाँदै थिए । उनको उडान दिउँसो ४ बजेपछि रहेको थियो।