चाडपर्वमा जुवा खेल्नेलाई एक महिना थुनिने - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

चाडपर्वमा जुवा खेल्नेलाई एक महिना थुनिने



सुर्खेत- चाडपर्वको समयमा जुवातास खेले १ महिना थुनामा बस्नुपर्ने भएको छ । चाडपर्वका समयमा हुने जुवालाई न्युनिकरण गर्न ठुलाखाले जुवा खेल्ने जुवाडेलाई एक महिनासम्मका लागि थुनामा राखिने भएको हो।

आज सुर्खेतको एक कार्यक्रममा यस्तो घोषणा गरिएको हो । वीरेन्द्रनगरमा आयोजित ‘रोग प्रतिरोधात्मक औषधी’ सम्बन्धी कार्यशाला गोष्ठीमा बजार क्षेत्रमा अनुगमनका विषयमा चर्चा गर्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बजारको सुशासन कायम गर्न प्रशासनद्वारा अनुगमनलाई तिब्र गरिएको जानकारी दिए।

उनले भने, ‘बजारबाट नापतौल मापदण्डमा नभएका नापतौलका सामाग्री जफत गर्यौं। यसका साथै चाडवाडमा जुवातास अत्याधिक खेलाइने भएकाले त्यसमा पनिप प्रशासन चनाखो बनेको छ। जुवातासमा संलग्न व्यक्तिहरूलाई एक महिनासम्म थुनामा राख्नेछौ।’

जुवा खेल्ने वा खेलाउने कार्यलाई नियन्त्रण गर्न बनेको विधेयकमा एक वर्षसम्मको कैद जरिवाना व्यवस्था गरिएको उनले बताए।