मन्त्रीबाट फिर्ता भएका चारै नेताले गरे नेकपा एसको बैठक बहिस्कार - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मन्त्रीबाट फिर्ता भएका चारै नेताले गरे नेकपा एसको बैठक बहिस्कार



काठमाडौं- संघीय सरकारको मन्त्रीबाट नेकपा एकीकृत समाजवादीले फिर्ता बोलाएका चारैजना नेताले पार्टीको बैठक बहिस्कार गरेका छन् ।

मन्त्रीबाट हटेलगत्तै भएको पार्टीको बैठकमा उनीहरू अनुपस्थित भएका हुन् ।

राजधानीको कमलादीमा सोमबार मध्यान्ह सुरु केन्द्रीय परिषद् बैठकमा आइतवार मात्रै मन्त्रीबाट फिर्ता गरिएका चारैजना नेता सहभागी नभएका हुन्।

समाजवादीको यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पनि ती मन्त्रीहरु सहभागी भएका थिएनन्। आफूहरुले राम्रो काम गरिरहँदा पनि पार्टीले कुबेलामा जवरजस्ती फिर्ता बोलाएको भन्दै उनीहरु असन्तुष्ट रहेका थिए।

समाजवादीको केन्द्रीय परिषद बैठकमा नगएकाहरुमा निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्री, निवर्तमान संस्कृति पर्यटन मन्त्री प्रेम आले, निवर्तमान श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडा रहेका छन्।