सरकारलाई विप्लवसहित चार पार्टीको ‘च्यालेन्ज’ (विज्ञप्ति सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सरकारलाई विप्लवसहित चार पार्टीको ‘च्यालेन्ज’ (विज्ञप्ति सहित)



काठमाडाैं  चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन बैद्य, ऋषिराम कट्टेल र मोहन विक्रम सिंह नेतृत्वका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

चारै जना नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अान्दोलनका कार्यम्रक सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा यसअघि नेपाल भारतबीच भएका असमान सन्धी सम्झौताको कार्यन्वयन गर्ने सरकारको तयारीको विरोध गर्ने, चैत २४ गते दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो परियोजनाको दिल्लीबाट संयुक्र रुपमा उद्घाटन गर्ने निर्णयको विरोधमा सोही दिन काठमाडौमा विरोध प्रदर्शन गर्ने बताएका छन् ।

त्यस्तै उनीहरूले बैशाख ३ गते चारवटै पार्टीले अन्तरक्रिया गर्ने निर्णय गरेको बताएका छन् ।

भूमिगत रहेका विप्लवलार्इ पक्राउ गर्न प्रहरीले यसअघि नै निर्देशन दिएको छ ।