चारवटा नेपाली चलचित्र: युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

चारवटा नेपाली चलचित्र: युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा



काठमाडौं । नयाँ वर्षको अवसर पारेर युट्युब रिलिज गरिएका चार वटा नेपाली चलचित्र एकैपटक युट्युबको ट्रेडिङमा आएका छन् ।

चलचित्र कारखाना, पुरानो डुङ्गा, पर्व र रानी एकैपटक ट्रेन्डिङमा आएका हुन् ।

अमरदीप सापकोटा निर्देशित कारखाना एक नम्बरमा छ भने रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र पुरानो डुङ्गा दुई नम्बर ट्रेन्डिङमा छ ।

दिनेश राउतले निर्देशन गरेको चलचित्र पर्व तेस्रो स्थानमा छ चार नम्बर ट्रेन्डिङमा दयाराम दाहाल निर्देशित चलचित्र रानी छ ।

https://youtu.be/Qih2fKDqmFg