कृषि विकास बैंक ह्याकमा नयाँ खुलासा - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कृषि विकास बैंक ह्याकमा नयाँ खुलासा



काठमाडौं । कृषि विकास बैंकका लाहानस्थित शाखा कार्यालयबाट अवैध रुपमा तीन करोड रुपैंयाँ बढी पैसा झिकेर प्रयोग गरेको तथ्य बाहिर आएको छ ।

बैंकको आयब्यय विवरणमा रहेको नाफा रकममध्ये करिब ४ करोड रुपैयाँ बैंककै कर्मचारीले आफ्नो र परिवारको विभिन्न खाताहरुमा सारेको पाइएको हो ।

अचानक ठूलो राशीको रकम झिकेको पाइएपछि बैंक ब्यवस्थापनले निगरानी बढाएको थियो । गैरकानुनी रुपमा रकम झिकिएको पाइएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो ।

प्रहरीले पैसा झक्ने कार्यमा संलग्न केहीलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

सुरुमा नौ/नौ लाख रुपैयाँका दरले दुई करोड रुपैयाँ झिकेको फेला परेको छ । पैसा झिक्ज सिष्टम नै ह्याक गरिएको बुझिएको छ ।

बैंकिङ सिस्टमको सफ्टवेयर प्रयोग गरी युजर आइडीको दुरुप्रयोग गर्दै पैसा झिकेको पाइएको हो ।

ब्यक्तिगत युजर प्रयोग गरेर मात्र बैंकको सफ्टवेयर प्रणालीभित्र छिर्न सकिन्छ । त्यस्तो युजर बैंकका कर्मचारीलाई मात्र प्रयोग गर्न दिने गरिएको छ ।