चार जिल्लाका सीडीओको सरुवा - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

चार जिल्लाका सीडीओको सरुवा



काठमाडौं- गृह मन्त्रालयले बाँकेसहित तराइका चार जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ। गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार बाँके, पर्सा, सुनसरी र रौतहटमा नयाँ प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो।

गृह मन्त्रालयमा कार्यरत उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरूवा भएको छ।

यस्तै झापाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई रौतहटको प्रमुख जिल्ला अधिकरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

यस्तै रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।