अमेरिकी दूतावासले भन्यो: चन्द्रागिरी नजानोस - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अमेरिकी दूतावासले भन्यो: चन्द्रागिरी नजानोस



पत्रपत्रिका/कारोवार-

काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले आफ नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडों वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ ।

कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहलिो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ ।

माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन् ।

दूतावासले गत शुक्रबार एड्भाइजरी जारी गर्र्दे उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको थियो । दूताबासले उक्त क्षेत्रमा स्थानीय समूहले धम्की तथा त्रास फैलाएको भन्दै आफ्ना नागरिकका लागि सुरक्षा एलर्ट जारी गरेको हो ।  दूतावसले निकालेको उत्तः अर्लटमा मार्च महिनाभर उक्त क्षेत्रमा नजान आग्रह गरिएको छ ।

सरकारले पनि अमेरिकी दूतावसका दवी भ्रामक रहेको भन्दै खण्डन गरेको छ। नेपालमा पछिल्लो समय कुनै क्षेत्रमा अमेरिकी दूतावसले भनेजस्तो सुरक्षाको खतरा नभएको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बताए ।