पर्यटन बोर्डका उपाध्यक्षको हाँस्यास्पद प्रतिवेदन : '५ करोडको काम ४ करोड ७३ लाखमा गर्दा आर्थिक हानी ?' - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

पर्यटन बोर्डका उपाध्यक्षको हाँस्यास्पद प्रतिवेदन : ‘५ करोडको काम ४ करोड ७३ लाखमा गर्दा आर्थिक हानी ?’



नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित सीईओ धनन्जय रेग्मीमाथिको छानबिन समितिले बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई आज प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा रेग्मीले आर्थिक अनियमितता गरेको निष्कर्ष निकालिएको छ तर कतिपय तथ्य भने हाँस्यास्पद देखिन्छन् ।

प्रतिवेदनको ९ नम्बर बुँदाको सहायक बुँदा ‘घ’मा ५ करोडको लागतमा Geographic Information System (GIS) को डाटा तयार भनिएकोमा रेग्मीले जम्मा ४ करोड ७३ लाख खर्च गरेर आर्थिक हानी पुर्याएको उल्लेख छ । ५ करोड खर्च गर्ने भनिएकोमा रेग्मीले २७ लाख कममै उक्त डाटा तयार गरेका थिए ।

‘नेपाल पयर्टन बोर्डको आ.व.   २०७७/७८ को बजेट तथा कार्यक्रमको नीतिगत मागर्दशर्नको बुँदा नं. ३४  मा  ‘नेपालको वतर्मान अवस्थामा रहेको पयर्टन सम्बिन्धत अपर्याप्त डाटाबेशको तथ्यलाई ध्यानमा राखी भोलिका दिनमा नेपालको पयर्टन सम्बन्धी सबै प्रकारका योजना चयन, तजुर्मा र कार्यान्वयनमा सहयोग पुग्ने  गरी  र  पयर्टकहरुलाई  आवश्यक  सूचना आदानप्रदान गर्ने र नेपालका पर्यटकीय गन्तव्यस्थलहरू, भौगिलिक संरचना, सडक सञ्जाल, तथा पर्यटकीय सेवा सुविधाहरूसँग सम्बन्धित तथ्यांक संकलन तथा म्याप गरी आवश्यक डाटाबेश तयार गरिनेछ,’ प्रतिवेदनमा उल्लेख छ ।

तर यस विषयमा त्रिभुवन विश्वविद्यालयसँग २०७७/०८/२३ मा भएको सम्झौता रकम जम्मा रू ४ करोड, ७३ लाख, ४८ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।

२७ लाख कम रकममा भएको सम्झौतालाई प्रतिवेदनले आर्थिक हानी भन्दै सीईओ रेग्मीलाई कारवाही गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

‘बजेट तथा कार्यक्रमले गरेको व्यवस्था अनुरुप कार्यसम्पादन गरेको नपाइएको र तोकिएको भन्दा कम रकममा सम्झौता गरेर बोर्डलाई आर्थिक हानी नोक्सानी समेत पुर्याएको हुन सक्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

रिजाल आफैं आर्थिक अनियमिततामा मुछिएको प्रमाणसहित हिमालपोस्टले निरन्तर समाचार प्रकाशन गरिरहेको छ । टानकै अध्यक्ष रहँदादेखि उनले गरेको आर्थिक अनियमितता, मानवतस्करीमा मुछिएको प्रमाण र आफ्ना ससुराको किताब प्रकाशन गर्न दुई लाख ५० हजार माग गरेको तथ्य हिमालपोस्टले सार्वजनिक गरेको थियो ।

पढ्नुहोस् यो पनि – ससुराको किताब छाप्न ढाई लाख र कफीको ७० हजार नपाएपछि पर्यटन बोर्डमा रिजालको ‘ताण्डव’

पर्यटन बोर्डका उपाध्यक्ष रिजालका काण्डै-काण्ड : डेढ करोड बेरुजुदेखि मानवतस्करीसम्म