चन्द्र भण्डारी स्वास्थ्य अपडेट- भेन्टिलेटर हटाइयो, अवस्था सामान्यतर्फ - Himal Post Himal Post
  • १४ आश्विन २०८१, सोमबार
  •      Mon Sep 30 2024
Logo

चन्द्र भण्डारी स्वास्थ्य अपडेट- भेन्टिलेटर हटाइयो, अवस्था सामान्यतर्फ



काठमाडौँ – ग्यास सिलिण्डर विस्फोटमा परेर घाइते भएका सांसद चन्द्र भण्डारीको अहिले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको अवस्था स्वास्थ्य सामान्यतर्फ गइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै मुम्बईबाट माधव न्यौपानेले दिएको जानकारी अनुसार ट्रायलका रूपमा भेन्टिलेटर हटाइएको छ। ज्वरो आएको छैन। सबै स्वास्थ्य पारामिटर नर्मल रहेका छन्। सुन्निएको भाग घट्दै गएको छ र स्वास्थ्य सामान्यतर्फ गइरहेको न्यौपानेले उल्लेख गरेका छन् ।

उनलाई बिहीबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत मुम्बई लगिएका थियो ।

गत बुधबार राति काठमाडौँ बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए ।

शरीरको ७० प्रतिशतभन्दा बढी जलेकी आमाको भने बिहीबार नै कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।