नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यबाट 'चन्द्रागिरी हिल्स' पुरस्कृत - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यबाट ‘चन्द्रागिरी हिल्स’ पुरस्कृत



नयाँ दिल्ली । चन्द्रागिरी हिल्स प्रालि भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड कार्यक्रममा नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यबाट पुरस्कृत भएको छ ।

नेपालीहरुमाझ मात्र नभएर पछिल्लो समय नेपाल जाने भारतीय पर्यटकहरुका लागि पनि आकर्षक पर्यटकस्थलका रुपमा चिनिँदै गएको चन्द्रागिरी हिल्स ‘नेपाल्स बेष्ट टुरिष्ट डेष्टिनेसन अवार्ड’ बाट पुरस्कृत भएको हो।

शुक्रबार साँझ दिल्लीमा आयोजित कार्यक्रममा भारतका सामाजिक न्याय तथा सशक्तिकरण केन्द्रिय राज्यमन्त्री रामदास अठवालेले चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकाललाई उक्त पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई नेपाल र भारतबीच ‘बेष्ट कनेक्टिगं एअरलाइन्स् अवार्ड’, मझोगं क्यासिनोलाई ‘बेष्ट क्यासिनो अवार्ड’ बाट पुरस्कृत गरिएको थियो। साथै नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा व्यक्तिगतरुपमा योगदान दिएवाफत सोल्टी होटलका महाप्रबन्धक उपौल मजुमदारलाई पनि सम्मान गरिएको थियो।