हामीले काम गर्ने , प्रचार गर्न नपाउने:चन्द्र भण्डारी - Himal Post Himal Post
  • २७ पुष २०८२, आईतवार
  •      Sun Jan 11 2026
Logo

हामीले काम गर्ने , प्रचार गर्न नपाउने:चन्द्र भण्डारी



गुल्मी । नेपाली काँग्रेसमा नेता एबं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधी सभा उम्मेदवार चन्द्र भण्डारीले काँग्रेसको पहलमा भएका बिकास निर्माणका कामहरु लिएर जनतामा जाने बताएका छन् । प्रेस युनियन गुल्मीले शुक्रवार सदरमुकाम तम्घासमा आयोजना गरेको भेटघाटका क्रममा आफ्नो पहलमा भएका कामहरुको परिणाम जनतामा लिएर जाने बताउँदै उनले भने ‘हामीले काम गर्ने हामीले प्रचार गर्न नपाउने ।’

नेपाली काँग्रेस र आफू संसद रहदा गुल्मी जिल्लामा भएगरेका तमाम कामहरु पनि हामिले गरेको हो भन्न नपाएको बताए । नेता भण्डारीले अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धताहरु केहि पुरा भएको र केहि पुरा हुने अबस्थामा रहेकाले पनि अब पुन फेरी आफु जनतामाझ आएको बताए ।

उनले गुल्मी जिल्लालाई अबको ५ वर्षभित्र नमुना गुल्मी जिल्ला बनाउने गरि योजनाहरु राखेको बताए । अब जनताले यो बिकासमा बजेट चाहियो भन्नु पर्ने छैन् नेता भण्डारीले भने ‘सबैखाले बिकासले गति लिइरहेको छ सबै पुरा हुँदा जनताले बिकासको अनुभुती हुनेगरि काम हुनेछन् ।’ बिकासको निम्ती गुल्मीमा धेरै ठुला बिकासका आयोजनाहरु आएपनि समयमै निर्माणले गति नलिएको भण्डारीले बताए ।

पत्रकार भेटघाटमा गुल्मी क्षेत्र नम्बर २ प्रत्यक्षतर्फका उम्मेदवार चन्द्र केसी क्षेत्र नम्बर प्रदेससभा उम्मेदवार धनेन्द्र कार्की, क्षेत्र नम्बर २ प्रदेश सभा उम्मेदवार शालिक पन्थी, छन्द पहराईले जनताले बिकास चाहेकाले बिकासका एजेण्डाहरु लिएर जाने बताए ।
उम्मेदवारहरुले निर्वाचनमा मिडियाको महत्वपूर्ण भुमिका रहने हुँदा निस्पक्ष भएर उभिन आग्रह गरेका थिए । २ निर्वाचन क्षेत्र रहेको गुल्मीमा क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेदवार प्रदिप ज्ञवाली सँग चन्द्र भण्डारी र क्षेत्र नम्बर २ मा गोकर्ण बिष्ट सँग चन्द्र केसी बिच प्रतिस्पर्धा हुँदै छ ।