छानविनको माग गर्दै धनगढी–अत्तरिया सडकमा चक्काजाम - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

छानविनको माग गर्दै धनगढी–अत्तरिया सडकमा चक्काजाम



हिमाल पोस्ट / कैलाली ।
सुदुर पश्चिम् प्रदेशको अस्थायी राजधानी धनगढीमा चक्काजाम गरिएको छ ।

धनगढी उप–महानगरपालिका- ३ मा रहेका सुधार गृहका कर्मचारी मृत फेला परेको घटनाको छानविनको माग गर्दै धनगढी–अत्तरिया ६ लेन सडकमा आज चक्काजाम गरिएको हो ।

धनगढी उप-महानगरपालिका वडा नम्वर ३ का स्थानीयले बोराडाडीमा रहेको लागु पदार्थ पुनस्थापना केन्द्रका स्टोरकिपर जनक ढुङ्गालको मृत्यु संकास्पद भएको भन्दै छानविनको माग सहित चक्काजाम गरेका हुन् ।

प्रहरीले घटनामा दोहोरो चरित्र देखाईरहेकाले सत्यतथ्य छानविनको माग सहित ६ लेन सडक बन्द गरेको उनीहरुले बताएका छन्। पोष्टमार्ट रिर्पाेट पनि सार्वजनिक गर्नुपर्ने माग उनीहरुको छ। आजदेखि नै एसईई परिक्षा पनि सञ्चालन हुने भएकाले विद्यार्थीलाई भने आवतजावत गर्न दिइएको छ।

यस्तै अहिले कैलालीका प्रमुख जिल्ला अधिकारीको उपस्थीतीमा जिल्ला प्रशासन कार्यालय कैलालीमा वार्ता हुने जनाइएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का अध्यक्ष बलवहादुर ऐरको अध्यक्षतामा पीडित पक्षले वार्ता गर्ने जनाएको छ ।

विहिवार राती खाना खाएर सुतेका ढुङगाल राती १० बजे सुधार गृह मै मृत फेला परेका थिए । फाइल तस्बिर :