मिलन चाम्स काण्ड : सिङ्गो चलचित्र क्षेत्रको बेइज्जत - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

मिलन चाम्स काण्ड : सिङ्गो चलचित्र क्षेत्रको बेइज्जत



काठमाडौं – नेपाली चलचित्र क्षेत्र सम्बन्धित क्षेत्रकै केहि पात्रहरुले गर्दा बदनाम छ । यसैमाथि चलचित्रकर्मी मिलन चाम्स काण्ड थपिएको छ । उनले बनाएको चलचित्रको बारेमा व्यंग्य गर्दै समिक्षा गरेको आधारमा पक्राउ सम्म परेको बिषयको बजारमा चर्चा छ ।

सबैभन्दा आश्चर्यको कुरा त के छ भने यो बिषयमा चलचित्र सम्बन्धि काम गर्ने कुनैपनि संघ संस्थाले उचित पहल गरेका छैनन । बोल्न र आलोचना गर्न पाउने स्वतन्त्रता भएको मुलुकमा यस्तो उदेकलाग्दो काम भएकोमा बिरोध पनि भैरहेको छ ।

के हो मिलन चाम्स काण्ड ?

केहिदिन अगाडी व्यंग्य च्यानल ‘मिम् नेपाल’ बाट कमेडियन प्रनेश गौतमले चलचित्र वीर विक्रम – २ को बारेमा व्यंगात्मक समीक्षा गरे । यस्तो खालको समीक्षा संसारभर गर्न पाइन्छ र धेरैले गर्नेगरेका छन् । उनले गरेका समीक्षामा चलचित्रमा भएका कमीकमजोरीबारे बोलेका छन् । त्यो समीक्षालाई रमाइलो बनाउने भरपुर कोशिस पनि गरेका छन् ।

यसै बिषयलाई लिएर चलचित्रकर्मी मिलन चाम्सले प्रहरीमा उजुरी गरे यसैको आधारमा प्रहरीले प्रनेशलाई पक्राउ गरेको छ र प्रनेशसँगै मिम् नेपालका सञ्चालकलाई पनि हिरासतमा लिइएको थियो। अहिले प्रहरीको नियन्त्रणमा प्रनेशमात्र रहेका छन्। चलचित्रको समीक्षा गरेको आधारमा प्रहरीको नियन्त्रणमा लिएको भन्दै समर्थकले प्रदर्शन समेत गरेका छन् ।

यो कदमले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई कुण्ठित गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। कांग्रेस नेता गगन थापा, कनकमणि दीक्षित लगायतले यसको विरोध गरेका छन्। प्रहरीको यो क्रियाकलाप गलत भएको बताएका छन् उनले।

प्रनेशको अभिव्यक्तिबाट अतालिएका मिलन चाम्सले प्रहरीमा उजुरी त दिए तर त्यो उजुरी उनलाई गलाको पासो बनेको उनले गरेको उनले पत्रकारलाई दिएको सफाईबाट थाहा हुन्छ । मिलन चाम्सको यो कदमको चौतर्फी बिरोध भएपछि रिपोटर्स क्लबमा उनले सफाइ दिए। उनको सफाइले उनलाई यो काण्ड गलाको पासो भएको प्रष्ट देखिन्थ्यो ।

उनले प्रनेशलाई दिनहुँ भेट्न गएको र प्रनेशका बाबुआमालाई भेटेको र आफूले चाँडै नै बाहिर निकाल्न चाहेको भएपनि प्रक्रियाले समय लागेको बताइरहदा उनले ग्लानि महसुस गरेको प्रष्ट हुन्छ ।

एकातिर आफुले राम्रो चलचित्र बनाउन नसक्ने र अर्कोतिर आलोचना सहन नसक्ने मिलन चाम्स जस्ता निर्देशकले गर्दा पनि नेपाली चलचित्र उद्योग र चिलचित्रप्रति जनताले बिश्वास गर्न नसक्ने स्थिति छ ।