"चम्पा चमेली" लोकदोहोरी अवार्डको टप-५ मा पर्न सफल - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

"चम्पा चमेली" लोकदोहोरी अवार्डको टप-५ मा पर्न सफल



समीर प्रकाश पाण्डे/जेष्ठ ११ 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा हुँदै आएको लोकदोहोरी अवार्डको पाँचौँ संस्करणको विभिन्न २५ विधा समेटिएको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । काठमाडौँ स्थित दरबार रोधी घरमा एक कार्यक्रमको आयोजना गरी समन्वय समितिले उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनालाई उत्कृष्ट पाँचको मनोनयनको प्रमाणपत्र प्रदान गरेको हो ।

यसै क्रममा लोक दोहोरी अवार्ड मा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत -चम्पा चमेली” बोलको गीत टप फाईपमा पर्न सफल भएको छ गीतमा सम्झना लामिझाने मगरको स्वर रहेको छ भन्ने यो गीत सँगै वैकुण्ठ महत ,हाम्रो नेपाल हामी नेपाली , राजन कार्की ,बुद्ध खेल्ने आँगन ,बाबुराम तिमल्सिना मेरो हिमाल ,नवीन पौडेल छौ नाना थरी- बोलका गीत सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतको फाईपमा परेका छन्।

-चम्पा चमेली” बोलको गीतलाई लाई टप फाइभबाट टप वान बनाउनको लागी तपाईँहरूको भोटको खाँचो हुन्छ जिताउनको लागी तपाईँ मोबाइलको म्यासेज बक्समा गई LDAटाइप गरी स्पेस छाडनुहोस अनि 1D कोड टाइप गरी35225 मा म्यासेज पठाउनु हाेला ।