क्षमता अभिवृद्धि सम्बन्धि दुई दिने तालिम सम्पन्न

विशाल पाण्डेय / घोडाघोडी ।
बालबालिकाहरुको क्षमता अभिवृद्धि सम्बन्धि तालिम कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा सम्पन्न भएको छ । एस ओ एस बालग्राम धनगढीको आयोजनामा सम्पन्न भएको तालिम दुई सम्म संचालन भएको हो ।
एस ओ एस बालग्राम धनगढीको बाल संरक्षण स्रोत ब्यक्ति रमेश चन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा प्रमुख अथिती रहेकी थिइन् । कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै उप प्रमुख थापाले बालबालिकाको लागी घोडाघोडी नगरपालिका एक दमै कटिबद्ध भएर लागेको बताइन् । बालबालिकाको भबिष्यका कर्णधार भएको हुदा कुलत र दुव्र्यसनबाट टाडै रहन पनि बालबालिकाहरुलाई आग्रह गरिन ।
दुई दिने क्षमता अभिवृद्धि तालिममा बालबालिकाहरुलाई बाल क्लबको वैधानिकता,बाल क्लबका पदाधिकारीहरुको काम कर्तव्य ,स्थानिय सरकारसंगको समन्वय,साईबर सुरक्षा, बाल विबाह न्युनिकरण सम्बन्धीका कुराहरू सिक्न पाउँदा आफुहरु खुशी भएको घोडाघोडी नगर स्तरीय बाल क्लबका अध्यक्ष हुकुम आचार्यले बताए ।
तालिमको सहजिकरण सुदुर पश्चिम प्रदेशका बाल अधिकार स्रोत व्यक्ति भवन राज चटौत,घोडाघोडी नगरपालिकाका सुचना प्रबिधि अधिकृत राम प्रसाद चौधरी ,भुतपुर्व सि.आर.ओ दवन्ती सिंह, एस ओ एस बालग्राम धनगढीको बाल संरक्षण स्रोत ब्यक्ति रमेश चन्द्र भण्डारीले घोडाघोडी नगरका बालबालिकाहरुलाई क्षमता अभिवृद्धि सम्बन्धि
तालीम दिएका थिए ।

एसओएस बालग्रामका कार्यक्रम संयोजक विपिन कुमार मिश्रले संचालन गरेको कार्यक्रममा बिशिष्ट अथिती घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख उमेश राज रेग्मी , एसओएस बालग्रामका सामाजिक परिचालक टेक बहादुर बि.क लगायतको सहभागीता रहेको थियो ।
तालिममा घोडाघोडी नगरपालिकाका १२ वटै वडाका ३४ जना बालबालिकाहरुको सहभागीता रहको थियो भने सहभागी बाल बालिकाहरुलाई प्रमुख अथिती र बिशिष्ट अतिथिले प्रमाण समेत वितरण गरेका थिए ।

