चलचित्र धुम ३ कि नायिका एलिना रायमाझी माया खोज्दै बुटवलमा(भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चलचित्र धुम ३ कि नायिका एलिना रायमाझी माया खोज्दै बुटवलमा(भिडियो सहित)



बिशाल पाण्डेय ।
नेपाली नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय  गायक तथा गायिकाहरु आफ्ना विभिन्न गित तथा भिडियोहरु सार्वजनिक गर्न ब्यस्त भएका छन ।

यहि क्रममा नेपाली चलचित्र धुम ३ कि नायिका एलिना रायमाझी पनि आफ्नो माया खोज्दै बुटवलमा आइ पुगेकी छ्न । आकाश दर्पण क्रियशनले केहि दिन अघि बजारमा ल्याएको “सुन मायाले सुन”बोलको तिज गितमा आफ्नो माया खोज्दै बुटवल पुगेकी हुन ।

श्रिधर अधिकारीको शब्द र बिष्णु सिजाली मगरको संगित रहेको उक्त गितमा मिठो स्वरका धनी गायक श्रिधर अधिकारी र गायिका करिष्मा बुढाप्रिथिको आबाज रहेको छ ।

पछिल्लो समय ख्याती कमाउन सफल रहेकि अहिलेकि चर्चित मोडल तथा नायिका एलिना रायमाझी सङ्गै विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरि चर्चामा रहेका मोडल मिलन,भरत र अशुको अभिनय रहेको उक्त म्युजिक भिडियोको बिष्णु भट्टराई ले निर्देशन, छायांकन र सम्पादन गरेका हुन ।

भिडियो हेर्नुहोस :