मन्त्री चक्रपाणि खनालको गाडी ठोक्कियो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मन्त्री चक्रपाणि खनालको गाडी ठोक्कियो



काठमाडौँ – ललितपुरको पुल्चोकमा कृषिमन्त्री चक्रपाणि खनालको सरकारी गाडीले निजी कारलाई ठक्कर दिएको छ । मन्त्रीको बा १ झ ८२२८ नम्बरको सरकारी गाडीले ग २ च ३४१४ नम्बरको कारलाई ठक्कर दिएको हो ।

मन्त्रीको गाडीको ठक्करबाट निजी कारको पछाडिको भागमा क्षति पुगेको छ । जावलाखेलबाट बानेश्वर जाँदै गरेको कारलाई मन्त्रीको गाडीले ठक्कर दिएको हो । गाडीमा मन्त्री सवार थिएनन् । निजी गाडीमा रहेका चोट भने लागेको छैन ।

मन्त्रीकै गाडीको गल्तीका कारण दुर्घटना भए पनि ड्राइभरले चर्को स्वर गरेको डा. सहिष्णुता बस्नेतले बताइन् । बस्नेतकै गाडीलाई मन्त्रीको गाडीले ठक्कर दिएको हो । डा. बस्नेत पोखरामा कार्यरत छिन् ।

प्रहरीले ड्राइभरको चालक अनुमपति पत्र राखेको छ । क्षति भएको गाडी ठक्कर दिने पक्षले बनाउने जिम्मा लिएको छ ।