नर्सिङ्ग अधिकृतमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

नर्सिङ्ग अधिकृतमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई



काठमाडौं- लोकसेवा आयोगको स्वास्थ्य सेवा अन्तर्गत नर्सिङ्ग अधिकृत पदमा सिफारिस भएकाहरूलाई चैतन्य एकेडेमी नयाँ बानेश्वरले बधाई ज्ञापन गरेको छ। यस पटक लोकसेवाले लिएको नर्सिङ्ग अधिकृत पदमा २० जनाले नाम निकालेकोमा १२ जना चैतन्यमा तयारी गरेकाहरू भएको एकेडेमीले जनाएको छ।

एकेडेमीका निर्देशक गणेशप्रसाद जोशीले अधिकृतमा नाम निकाल्न सफल नर्सहरूलाई खादा, माला र उपहार दिएर सम्मान व्यक्त गरेका थिए। ‘पारिवारिक जिम्मेवारीका बाबजुद यहाँहरू नाम निकाल्न सफल हुनुभएको छ। यो निकै खुसीको कुरा हो। यहाँहरूले बिरामीको सेवामा कुनै कसर बाँकी राख्नु हुनेछैन भन्ने हाम्रो विश्वास छ,’ जोशीले भने।

आफूले अध्ययन गरेर नाम निकालेको संस्थाले यसरी बोलाएर बधाई ज्ञापन गर्दा खुसी महशुस भएको नर्सिङ्ग अधिकृतहरूले बताएका थिए। उनीहरूलाई एकेडेमीका तर्फबाट लक्ष्मी पौडेल, डा. विवेक पौडेल लगायतको विज्ञ टोलीले प्रशिक्षण दिएको थियो।