न्याय र सुरक्षा क्षेत्रमा पहुँच पु¥याउन प्रशिक्षण - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

न्याय र सुरक्षा क्षेत्रमा पहुँच पु¥याउन प्रशिक्षण



बुटवल । समाजमा रहेका बिपन्न र सिमान्तकृत समुदायको लागि न्याय र सुुरक्षामा पहुँच पु¥याउन आधारभूत सामुदायिक मेलमिलाप प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
आइतबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा गैडहवा गाउँपालिकाका विभिन्न वर्ग समुदायका मानिसहरूको उपस्थिति रहेको छ ।
वैशाख २२ गतेसम्म चल्ने तालिम युके.एड. र सर्चफर कमन ग्राउण्डको सहयोगमा सञ्चालनमा आएको हो । प्रशिक्षण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रूपन्देही प्रमुख एकराज विश्वकर्माले रूपन्देहीको गैंडहवा क्षेत्रमा यो तालिम निकै प्रभावकारी हुने बताए ।


यस्तै गाउँपालका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले जिल्लामै केही पछाडि मानीएको क्षेत्रमा तालिम प्रदान गरेकोमा आभार व्यक्त गरेका थिए ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द« (सेर्लड) रूपन्देहीको आयोजनामा गैंडहवा गाउँपालिका मेलमिलापकर्ताहरूको लागि सामुदायिक मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरु गरिएको सेर्लड रूपन्देही संयोजक राधा भट्टराईले बताइन् ।
उनले मेलमिलापले अदालतको खर्च बचाउने बताउँदै यसले दुबै पक्षबीच हुनसक्ने द्वन्द्व हटाउन सहयोग गर्ने समेत बताइन् ।
बुटवल उपमहानगरपालिका ३ मा रहेको होटल मर्डिङ ड्युमा सञ्चालन भइरहेको तालिममा गैडहवा गाउँपालिका अध्यक्ष बच्चु केवट तथा स्थानीय जनप्रतिनिधि, र गाउँपालिकाको सिफारिस गरिएका ३० व्यक्तिहरू सहभागी रहेका छन् ।
तालिममा सेलर्ड संयोजक राधा भट्टराई, अधिवक्ता हेमा न्यौपाने, प्रशिक्षक राजेश चौधरीलगायतले सहजीकरण गर्ने संयोजक भट्टराईले जानकारी दिइन् ।