सात जिल्लाका सिडियो फेरीए : नाम सहित

काठमाडौं- गृहमन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ। संखुवासभा, बाजुरा, दोलखा, भोजपुर, रामेछाप, रसुवा र गोरखाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो।
संखुवासभामा जिवनप्रसाद दुलाल, भोजपुरमा नुरहरी खतिवडा, रसुवामा अर्जुन भन्डारी, भोजपुरमा लिलाकुमारी केसी पान्डे, बाजुरामा गंगाप्रसाद न्यौपाने र दोलखामा खगेन्द्रप्रसाद रिजाल पुगेका छन्। यी सबै जिल्लाका प्रजिअ उपसचिव हुन्छन्।

