जिल्ला प्रशासनले भन्यो: जोर-बिजोर सबैलाई लागु हुँदैन - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

जिल्ला प्रशासनले भन्यो: जोर-बिजोर सबैलाई लागु हुँदैन



काठमाडौँ- कोभिड–१९ को सङ्क्रमण बढेपछि काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि सवारी साधनमा लागू हुने जोर-बिजोर प्रणालीमा केही व्यक्ति तथा संस्थालाई छूट दिइएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार थप सूचना प्रकाशित गरी केही व्यक्ति तथा संस्थालाई जोर–बिजोर प्रणाली लागू नहुने जनाएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जारी गरेको सूचनामा राजधानीमा चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू हुने उल्लेख छ।

औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहनमा जोर-बिजोर प्रणाली लागू नहुने जनाएको छ। त्यस्तै, ग्यास, पेट्रोलियम पदार्थी, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) मा जोर-बिजोर लागू नहुने भएको छ।

निर्माण सामग्री बोक्ने सवारी साधनका चालक र सहचालकलाई पनि यो प्रणाली लागू हुनेछैन।