कञ्चनपुरदेखि मुस्ताङ सम्मका सिडियो फेरिए: को कहाँ ? - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

कञ्चनपुरदेखि मुस्ताङ सम्मका सिडियो फेरिए: को कहाँ ?



काठमाडौँ- छ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले मङ्गलवार साँझ छ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो ।

प्रमुख जिल्ला अधिकारी फेरिएका जिल्लामा कञ्चनपुर, जुम्ला, रुकुम पूर्व, धनकुटा, सर्लाही, मुस्ताङलगायत छन् । मन्त्रालयका उपसचिव कृष्ण प्रसाद पन्तलाई धनकुटाको प्रमुख जिल्ला अधिकारी खटाईएको छ । जुम्लाको प्रमुख जिल्ला अधिकारी मन्त्रालयकी उपसचिव विजया प्रसाईँ बनेकी छन् ।

यस्तै मन्त्रालयका उपसचिव राम प्रसाद पाण्डे कञ्चनपुरकोप्रमुख जिल्ला अधिकारी बनेका छन् । पोखराका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई मुस्ताङको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ । उपसचिव लक्ष्मी प्रसाद बास्कोटालाई रुकुम पूर्वको प्रजिअ बनाइएको छ ।

कञ्चनपुरका रामकुमार महतो सर्लाही पठाईएको छ। जुम्लाका प्रजिअ भूपेन्द्र शाहीलाई गृह मन्त्रालय अन्तर्गतको विपद् प्राधिकरणमा तानिएका छन् । स्रोतका अनुसार धनकुटाका प्रजिअ वासुदेव दाहाल र सर्लाहीका हेमराज तामाङलाई पनि मन्त्रालयमै बोलाइएको छ ।