नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएन
काठमाडौं- नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको चिकित्सकले बताएका छन् । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको नर्भिक अस्पतालले जनाएको छ ।












