प्रहरीकै संरक्षणमा जुवाघर संचालन
धनगढी, असोज ११ |
कारबाही गर्नुपर्ने प्रहरीले नै संरक्षण दिएर जुवा खेलाउन थालेपछि प्रहरी प्रतिको सर्वसाधारणको सोंचमा के होला ? यस्तै भएको छ पश्चिम नेपालका केहि जिल्लामा ।
दसैं नजिकिदै जादा कैलालीको धनगढी, अञ्रिया, वलिया, चिसापानीलगायत विभिन्न ठाउँमा दसौं लाख रुपैयाँको जुवातास खेलाउन सुरु भएको छ ।
जुवातासलाई प्रहरीले नै संरक्षण दिइरहेको स्थानीयको आरोप छ ।
प्रहरीले प्रत्येक जुवाघरबाट लाखौं रकम लिएर खेल्न छुट दिएको खुलासा भएको खबर नागरिकले छापेको छ ।
यो खबर आजको नागरिकमा छ ।