कर नतिर्ने सात वटा क्यासिनोमाथि महानगरको 'एक्सन' - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

कर नतिर्ने सात वटा क्यासिनोमाथि महानगरको ‘एक्सन’



काठमाडौं- काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरञ्जन कर तिर्न क्यासिनोलाई ताकेता गरेको छ।

महानगरले आइतबार ७ वटा क्यासिनोलाई पत्र काट्दै एक साताभित्र मनोरञ्जन कर तिर्न ताकेता गरेको हो।

महानगरले पत्र काटेर होटल अन्नपूर्ण, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल म्यारियटको डेल्टिन, होटल हायातको प्राइड इन्टरनेशनल एन्ड रिक्रिएसन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको छ।

बागमती प्रदेसको आर्थिक ऐनले गरेको व्यवस्थाअनुसार महानगरले क्यासिनोहरूलाई मनोरञ्ज कर तिर्न भनेको हो।

‘बागमती प्रदेसको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेकोमा त्यहाँ क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पटक–पटक ताकेता गरे पनि आर्थिक वर्ष २०७५ / ७६ देखि हालसम्म नबुझाएको हुँदा आर्थिक ऐनले तोकेको दररेटमा हालसम्म बाँकी मनोरञ्जन करको विवरण र सोको नियमअनुसार लाग्ने जरिवानासमेत पत्र प्राप्त भएको मितिले सात दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग बबरमहलमा बुझाउन अनुरोछ,’ पत्रमा लेखिएको छ।

उल्लेखित समयभित्र कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गर्ने चेतावनी महानगरले दिएको छ।