पार्किङ गरि राखिएको कारमा अज्ञात समुहद्बारा आगजनी - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

पार्किङ गरि राखिएको कारमा अज्ञात समुहद्बारा आगजनी



कैलाली । कैलालीमा अज्ञात समुहले घर अगाडी पार्किङ गरि राखिएको कार माथि आगजनी गरेका छन् । गोदावरी नगरपालिका- ७ लालपुरका स्थानिय तिलक बहादुर शाहीले आफ्नै घर आगाडी खुल्ला ठाउँमा पार्किङ गरि राखेको बा १५ च ४०९९ नम्बरको कारमा गएराति आगजनी भएको हो ।

आगजनीवाट कारको पछाडीको पुरै भाग जलेर क्षति भएको छ । कारमा आगलागी हुदै गर्दा आफुहरु घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगलागी कसले र किन गरेको हो भन्ने बारेमा खोजी तलासि भइरहेको प्रहरीले जनाएको छ ।