कारमा एक्कासी आगो दन्कियो - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

कारमा एक्कासी आगो दन्कियो



काठमाडौंको हात्तीवनमा मध्यराति सडकमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ।

प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका वडा नम्बर १, हात्तीवनको हवेलीनजिक सडकमा गुडिरहेको ग ३ च १५ नम्बरको कारमा राति १२ बजेतिर अचानक आगो लागेको हो।

खबर प्राप्त हुनासाथ फर्पिङस्थित इलाका प्रहरी कार्यालयबाट गएको टोलीले स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

आगो निभाउन करिब एक घण्टा लागेको थियो। कार पूर्णरूपमा जले पनि मान्छे भने सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ।

आगलगाी कसरी भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।