पाँचौ दिन ५० हजार मान्छे मेलामा, आज अन्तिम दिन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पाँचौ दिन ५० हजार मान्छे मेलामा, आज अन्तिम दिन



 

‘आइसिटी सम्मेलन–२०१७’ समपन्न

काठमाडौं, १८ माघ।

भृकुटीमण्डपमा जारी “क्यान ईन्फोटेक २०१७ ” को सोमबार पाँचौ दिन ४७ हजार ३ सय २७ जनाले अवलोकन गरेका छन् ।  प्रदर्शनीको  सोमबारसम्म २ लाख ५४ हजार ३ सय ८५ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।
सोमबार परराष्ट्र मन्त्री प्रकाश शरण महत,  जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशी र सभासद उदय शमशेर राणाले इन्फोटेकको अवलोकन गरे ।
ईन्फोटेकमा व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहार लगायतका अफरहरु ल्याएका छन् । सुविसु केवलनेटले प्रदर्शनीमा इन्टरनेट र क्लियर टिभीको जम्बो अफरमा ल्याएको  छ ।  सुबिसुले  ७ हजार ९ सय ९९ मा कम्बो अफर ल्याएको हो ।  त्यसैगरी  सामसुङका स्मार्टफोनहरुमा पनि अवलोकनकर्ताको घुइचो लागेको छ ।
यस पटकको इन्फोटेकमा ग्याजेट्सहरुको रौनक देखिएको छ । हुवावे, ओप्पो, मेइजु, लेनोभो, माइक्रोम्याक्स, वानप्लस, एमआइ, ब्लाकभ्यूलगायतका स्टलहरुमा शनिबार अवलोकनकर्ताको भरिभाउ देखियो । त्यसैगरी इन्टरनेट सेवाप्रदायक कम्पनीहरु भायनेट, वेबसर्फरका साथमा नेपाल टेलिकमको फोरजी अफरमा विशेष आकर्षण देखियो ।

सोमबार क्यान महासंघले बिजनेश डे घोषणा गरेको थियो । सो अवसरमा बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गरेको महासंघले जनाएको छ । 

 आइसिटी सम्मेलन–२०१७’ समपन्न

१७ औ सुबिसु क्यान आइसीटी सम्मेलन २०१७ सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघले आयोजना गर‍ेको  सम्मेलनमा ‘दिगो विकासका लागि आइसिटी’ विषयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै शिक्षा क्षेत्र, व्यवसायी र व्यवस्थापिकाका सांसदहरुबीच प्यानल डिस्कसनसमेत गराइएको छ । सम्मेलनमा दिगो विकासका लागि विभिन्न सब टपिकहरु स्मार्ट कृषि, स्मार्ट स्वास्थ्य, स्मार्ट शिक्षा, र स्मार्ट पर्यटन रहेका थिए ।
सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले उद्धघाटन गरेको सम्मेलनमा नेपालसहित, जर्मनी, कोरिया, भारतलगायतका विषयविज्ञहरुसहित करिव १२० जना सहभागि थिए ।