क्यान्सर पिडितलाई सहयोग - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

क्यान्सर पिडितलाई सहयोग



सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-१ लक्ष्मीपुर निवासी क्यान्सर पिडित मोहनबिर टमट्टालाई आर्थिक सहयोग गरिएको छ ।

नेपाल बिद्यार्थि संघ,घोडाघोडी बहुमुखी क्याम्पस एकाई कमिटीका सभापती नारायण आचार्यको नेतुत्वमा क्यान्सर पिडित टमाट्टालाई ७ हजार ४ सय ५० रुपैयाँ नगद आर्थिक सहयोग गरिएको हो ।

आर्थिक अबस्था कमजोर भएकोले आर्थिक सहयोगको लागी घोडाघोडी बहुमुखी क्याम्पसका बिद्यार्थिद्वारा रकम संकलित गरेर सोमबार बिहान क्याम्पस प्रमुख बिनोदकुमार खड्काद्वारा टमट्टाको परिवारलाई हस्तान्तरण गरिएको नेविसंघ, घोडाघोडी बहुमुखी क्याम्पस एकाई कमिटीका
सचिब भरत कुमार शाहीले जानकारी दिए ।

क्यान्सर पिडित टमट्टा हाल बि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल,चितवनमा उपचाररत रहेका छन् । टमट्टाको आर्थिक अवस्था कमजोर रहेको हुँदा सहयोगका लागि सम्पूर्णलाई परिवारले आग्रह समेत गरेको छ ।