क्यान्सर पीडित मल्लको उपचारका लागि आर्थिक सहयोग - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

क्यान्सर पीडित मल्लको उपचारका लागि आर्थिक सहयोग



बौनिया,कैलाली । क्यान्सर रोगबाट पीडित शिक्षकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया स्थित बसन्त मुरारी माविका शिक्षक र विद्यार्थीले क्यान्सर पिडित सुरेन्द्रबहादुर मल्लको जीवन रक्षाका लागि आर्थिक सहयोग रकम संकलन गरी हस्तान्तरण गरेका हुन् ।

विगत ६ महिनादेखि क्यान्सर रोगबाट पीडित मल्ल सोही विद्यालयमा २०६४ सालदेखि २०६७ सम्म कार्यरत रहेका थिए । मल्लको उपचारका लागि विद्यालयका शिक्षक र विद्यार्थीहरुले ४२ हजार रुपैयाँ संकलन गरि हस्तान्तरण गरेका छन् ।

शुक्रबार बसन्त मुरारी माविका प्राचार्य भुमिप्रकाश बमले विद्यालयमै पूर्व शिक्षक हरेन्द्र भाट र क्यान्सरबाट पीडित मल्लका भाइ तिलकबहादुर मल्ललाई नगद रकम प्रदान गरेका हुन् ।

आर्थिक अवस्था कमजोर रहेकै कारणले उपचारमा आर्थिक संकट परेको भन्दै सहयोग गरिएको प्राचार्य बमले बताए ।
शरीरको पिठ्युँको भागमा देखिएको क्यान्सर रोगको समस्याका कारण अहिले शिक्षक मल्लको भारतको मेदान्त अस्पतालमा उपचार भइरहेको छ । कंचनपुरको झलारी निवासी ४२ वर्षीय क्यान्सर पीडित मल्लका १ छोरा र १ छोरी छन् ।