क्यान्सरको वास्तविकता - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

क्यान्सरको वास्तविकता



-बाबुलाल भण्डारी

म्याक गिल क्यान्सर अनुसन्धान केन्द्र मन्ट्रियलका वैज्ञानिकहरुले सं. रा. अमेरिका र क्यानडाका कुल १२८ चर्चित क्यान्सर विशेषज्ञहरुसंग “आफै विरामी भएमा तपाई कुन उपचार विधि अपनाउनु हुन्छ ?” भनी प्रश्नावलीद्वारा मत सर्भेक्षण गर्दा केवल ७९ विशेषज्ञहरुको प्रतिकृया प्राप्त भए मध्ये ६४ जनाले आफुले कुनै परिस्थितीमा पनि केमो रसायन नचलाउने सोझो र सपाट जवाफ दिए । यहाँ पेशागत मुल्य र मर्यादा भित्र अनिच्छित जवाफ दिनु भन्दा मौन रहन रुचाउने ४९ जनाको परिस्थिती र कठिनाइ पनि कम अर्थपूर्ण छैन ।

स्पष्ट छ, चिकित्सकहरुले हाम्रा नसा–नसामा औषधीको नाममा जवर्जस्ती विष घुसाई रहेकाछन जो उनीहरु आफु स्वयंलाई पर्दा चलाउदैनन् । युरोपका अत्यन्तै प्रसिद्ध जीव रसायन शास्त्री एवं चिकित्सक डा. लियोनार्ड कर्नवेलको हालसालैको एउटा अन्तर्वार्तालाई उद्धृत गर्दै स्रोतहरु वताउछन, पश्चिममा क्यान्सरबाट विगत २० वर्षमा जति पनि मृत्यु भएका छन ती रोगबाट नभएर सबै यसका उपचार र औषधीका दुस्प्रभावबाट मात्र भएका छन । यसरी केमोले फाईदाको अपेक्षा कैयौं गुणा बढि नोक्सान गर्ने हुदा यसले क्यान्सरलाई भन्दा क्यान्सर विरामीलाईनै बढ्ता सिध्याउछ, यो अब सबैले बुझ्नै पर्ने विषय भएको छ ।

हुन पनि केमोको उपचार पछि केहि समयको अन्तरालमा अझ बढि प्रतिरोधी र आक्रामक क्यान्सर कोष विकास हुन सक्ने र रेडियोथेरापीले क्यान्सर वृद्धिमा झण्डै ३० गुणा सम्मको रफ्तार थपिदिने हुदा यी दुवै उपाय स्वयंमा प्रत्युत्पादक हुने औषधी जगतकै अनुभव छ । क्यान्सरको निदान पछि हामीलाई रोग विरुद्ध लड्न अझ ससक्त तागतको जरुरत पर्ने संकटापन्न घडीमा यी कथित उपचारले हाम्रो प्रतिरक्षा प्रणालीलाई तोड्ने, क्षीण पार्ने र शरीरमा अरु असन्तुलन ल्याउने उल्टो काम गर्दछन ।

पश्चिमा औषधी प्रणाली क्यान्सरका लक्षणलाई समन सम्म गर्न सकिन्छ तर निको चाहि पार्न सकिन्न भन्ने मान्यता र धरातलमा अडेको छ । व्रिस्टोल माइयर र एली लिलि जस्ता बहु राष्ट्रिय कम्पनी र चिकित्सकहरु हामीलाई बार–बार यहि कुरा बुझाउने प्रयत्नमा छन । यसरी अहिले सम्मका सारा प्रयत्नहरु क्यान्सरका लक्षणलाई क्षणिक समय लुकाउने दिशामा केन्द्रीत भई क्यान्सरको मूल मेटावोलीक कारणको तहमा समस्याको पहिचान र उपचार नपुग्ने भएबाटै त्यत्रा बहु वैकल्पीक विधि पछि पनि क्यान्सर भने दोहोरिन छोडेको छैन । फेरी यस पद्धतीमा विरामीको स्वास्थ्य र सहनसिलतालाई नजरन्दाज गर्दै ट्युमरको आकार कटौतीलाई नै सफलताको मापदण्ड बनाएको पाईन्छ जुन विल्कुलै गलत हो । यसबाट ट्युमरको आकार १५% मात्र घटेको तर क्यान्सर सर्वतोभावेन निर्मूल भईसकेको स्वस्थ व्यक्तिको उपचार असफल र ट्युमर पुरै वा धेरै घटेको तर विषाक्तताले मृत्यु शैय्यामा पुगेको रोगीको उपचार सफल ठान्नु पर्ने जस्तो हास्यास्पद निस्कर्षमा पुगिने हुन्छ ।

बस्तुतः सफल उपचारमा हरेक गाँठको आकार त्यतिनै मात्रामा घट्नु उचित र पर्याप्त हो जति त्यसभित्र क्यान्सर कोषहरु हुन्छन । मुल कुरो त क्यान्सर कुनै जीवाणु, विषाणु वा किटाणुबाट उत्पन्न हुुने रोग होईन जसलाई रासायनिक औषधीले निको पार्न सकियोस् । तपाईले विरामीलाई उल्टी नगरुन्जेल र सिथिल नहुन्जेल केमो चढाउनु होस, पिलाउनु होस वा विकिरणले पोल्नुहोस त्यहाँ तपाईले कुनै रोगको उपचार गरेकै हुदैन । खास गरी क्यान्सरलाई जबसम्म शरीरको एउटा अङ्गविशेषको रोग मानेर तत्तत् अङ्गमा सिमित गरी लक्षण मात्रको उपचार गरिन्छ तपाईको पहिलो वा दोस्रो कुनै लाईनको केमोले क्यान्सर कहिल्यै निको हुने वाला छैन । उपमा दिनु पर्दा, तपाई लिपोसक्सन गरेर शरीरको सबै जमेको बोसो झिकिदिनोस्, मधुमेहको विरामीलाई भरपुर इन्सुलिन चढाउनुहोस् वा शिरा वा धमनीको तहलाई खुर्केर साफ गर्नोस, अपितु समस्या भने जहाँको त्यहि रहन्छ । कलेजो प्रत्यारोपर्ण पछि पनि स्वस्थ नयाँ कलेजो फेरी २ वर्ष नपुग्दै किन खराव हुन्छ ? यो सबैको पछाडी सम्पूर्ण शरीरको प्रणालीगत असुद्धि नै कारण रहेको बुझ्नु पर्छ । यथार्थमा कलेजो, फोक्सो, मृगौला जस्ता विविध अङ्गहरुको रोग अथवा क्यान्सर नै पनि तिनै अङ्गहरुको मात्र खरावीले भएको हामी जसरी सोच्छौं, त्यस्तो हुदै होईन । त्यस कारण एउटा अङ्ग विशेषलाई उपचार गर्न छोडेर व्यक्तिको सम्पुर्ण शरीरको संयन्त्र, प्रकृया र प्रणालीलाई ठिक गर्न अनिवार्य छ जसलाई हामी मेटावोलीजम् भन्दछौं ।

विश्व भरमा जडिबुटी र औषधीको क्षेत्रमा भएका महत्वपुर्ण अनुसन्धान प्रकाशित गर्दै आएको ल्पान्टा मेडिका पत्रिकामा प्रकासित एउटा अध्ययन प्रतिवेदन अनुसार काचो भुईकटहरमा पाईने व्रोमिलेन मात्रैले सिस्ल्पाटिन र ५–ल्फुरोरासिल जस्ता बहुप्रचलित केमोको अपेक्षा विना कुनै दुस्प्रभाव क्यान्सरमा २६३% सम्म बढि राम्रो नतिजा दिन्छ । त्यस्तै कालो अंगुर र गाजरको जुस मात्रैले पनि प्रारम्भिक अवस्थाका क्यान्सर निको भएका कैयौं उदाहरण छन् । बहुपोषणयुक्त उपयोगी लसुनको क्यान्सर विनास गर्ने एलिसिन र गन्धक अवयवसंग हामी सबै परिचितनै छौं । अक्सिजन न्युन भएको अम्लिय शरीरमा मात्र क्यान्सर फैलिने उपयुक्त वातावरण मिल्ने भएकोले क्षारिय प्रकृतिका खाद्य पदार्थद्वारा शरीरको पी. एच. लेभल बढाई क्यान्सर कोष र फङ्गसलाई अक्सिजनको सहायताले मार्न सकिने सिद्धान्त वमोजिम इटालीमा डा. टुलियो सिमोनचिनीले सोडियम वाई कार्वोनेट (खाने सोडा) र मेपल (चुनार) भन्ने रुखको रसद्वारा क्यान्सरको सफल उपचार गर्दै आएका छन ।

यसका अतिरिक्त बववेक, बडविग र गर्सन जस्ता झण्डै ३०० वेसी प्राकृतिक खाद्य पदार्थमा आधारित क्यान्सर उपचार प्रोटोकल छन् र यी प्रत्येक केमो र रेडिएसन भन्दा कैयौ गुणा प्रभावोत्पादक पाईएका छन। तसर्थ क्यान्सरको उपचार अस्पतालका महङ्गा केमो रसायन, प्रविधि र उपकरणमा होईन की हाम्रा साधारण खाद्य, फलफुल र तरकारी पसलमा भेटाउन सकिन्छ । आश्चर्य लाग्ला, तर सत्य यहि नै हो ।

हाम्रा घरेलु जनावर सम्मले प्रकृतिको नियम र स्वभाव बुझेका हुन्छन तर बुद्धिमान कहलिने हामी मानिसहरु जीवनशैली र खाद्यस्वभावमा उत्तर आधुनिक बन्दै प्रकृतिबाट दिन पर दिन टाढा हुदै गईरहेका छौं र क्यान्सर भगाउने प्रकृतिका खाद्यबस्तु अब हाम्रो खानाबाट पुरै हटिसकेका छन । कुकुर र विरालो जस्ता पाल्तु जनावरलाई फुकाईदिंदा बगैंचा र वरपरको जोन्सन, ट्युनिस र एरो जातको घाँस चपाएर क्यान्सर र अरु विमारी भगाउन सक्ने तर चिडियाखानामा कैद र हमेसा बाधिएर रहने जनावर मात्र विविध रोगको उच्च जोखिममा रहने हामी कतिपयले ख्याल गरेकै हुनु पर्दछ । विनासकारी भुकम्प वा सुनामी पूर्व जनावरहरुले देखाउने प्रतिकृया उनीहरुको छैठौं इन्द्रियको कृयाशिलता र प्रकृतिसंगको संगति कै परिणाम हो जो आधुनिक मानव जातीले गुमाई सकेको छ ।

उपचारको हिसाबले बास्तवमा क्यान्सर त्यति विध्न जटिल रोग हुँदै होईन जति यसलाई आधुनिक भनिने औषधीले बनाई दिएको छ । क्यान्सर आधुनिक जीवनशैली भित्र हाम्रो नाता टुटिसकेको अमिगडालिन वा नाइट्रिलोसाइड्स भन्ने खाद्य तत्वको अभावबाट उत्पन्न हुने कुपोषणजनिक रोग हो । यसैले रोजेशस प्रजातिका खुर्पानी र आरु जस्ता फलको भित्रि विंया र कोदो, फापर लगायतका खाद्य पदार्थमा उपलब्ध हुने यहि अमिगडालिन भन्ने पोषक तत्वको शरीरमा उचित आपुर्ति नै क्यान्सरमा साङ्गोपाङ्ग उपचार सावित हुन जान्छ । शब्दान्तर गर्दा न्यून पोषण प्रति हाम्रो शरीरको मेटावोलिक प्रतिकृया नै क्यान्सर हो जसले शरीरको सम्पुर्ण प्रतिरक्षा प्रणालीलाई प्रतिविम्वित गर्छ । यसको उपचारमा अधिक से अधिक अमिगडालिनको मात्रा विरामीको शरीरमा पु¥याई पोषणजनित अभाव पूर्तिद्वारा क्यान्सरको जडलाई नै समाप्त पार्ने काम संगसंगै शरीरको सुरक्षा प्रणालीलाई मजबुत पार्दै रोगसंग लड्न उपयुक्त परिस्थिति र सक्षमता विकास गरिन्छ । यसले क्यान्सरको लक्षणलाई मात्र टालटुल नगरी अत्यन्त कुशलतापूर्वक कारणलाई नै निवारण गर्ने ट्रोजनहर्सको काम गर्दछ र मानव शरीर रसायनसंग पनि कुनै अर्थमा यो विजातिय चरीत्रको ठहर्दैन ।

तर समस्या कहाँ छ भने क्यान्सरको आंशका र निदानको घडी देखिनै तपाईको परिवार, इस्टमित्र र आफन्तजन मार्फत तपाई माथि १००० टनको बलवान दवाव सिर्जना हुन्छ र तपाई अस्पतालको शरणमा नपुगेसम्म शुख पाउनु हुन्न । त्यस पछि सुरु हन्छ उहि पिडादायी उपक्रम । भाग्यवशः यस विचमा अन्यथा केहि भएन भने कुनै दिन यस्तो आउछ जब डाक्टरले उपचारको मोटो फाईल र कडा मर्फिन चक्की तपाईको हातमा थमाएर लाचारीसाथ आफुलाई निरुपाय भएको बताउदै तपाईलाई अस्पतालको ढोकाबाट विदा गर्छ । तब तपाई शरीर र मन दुवै हिसावले अत्यन्त थकित र निरास अनि युद्ध हारेर अवश्यंभावी मृत्युलाई पर्खिरहेको नाजि कन्सेन्ट्रेसन क्याम्पकोे युद्ध वन्दी जस्तो अवस्थामा आफुलाई पाउनु हुन्छ । खुर्पानीलाई काम गर्न लाग्ने अत्यावश्यक न्युनतम समय पनि तपाईसंग नहुन सक्दछ । अलि सजग र सचेत व्यक्ति वाहेक झण्डै ९०% को हाराहारीमा आजकल यस्तै रोगी पाईन्छन जो यस अवस्थामा आईपुगेपछि बल्ल मेटावोलिक उपचार तर्फ आकर्षित हुन्छन । तर केमो र रेडिएसनको विषाक्तताले गलिसकेका, पाचन लगायत सबै प्रणाली बहुतै क्षीण भएका क्याचेक्सिया (भोक गुमिसकेका) अवस्थाका यस्ता रोगीको लागि भने तत्काल शरीरलाई विर्विषिकरण गरी प्रतिरक्षा तागत वृद्धि गर्न विशेष व्यवस्थाको जरुरी पर्छ । यस अन्र्तगत रोगीलाई घरमै उपचार थाल्नु भन्दा अनुभवी चिकित्सकको प्रत्यक्ष निगरानीमा अलि बढि खुर्पानी, भिटामिन र डाइजेस्टिम इन्जाइम एवं अन्य पोषकतत्व सहितको संपूर्ण मेटावोलिक थेरापीको प्याकेज चलाउन अनिवार्य हुन्छ ।

क्यान्सर उपचारको विज्ञान खुर्पानीलाई अझै पनि विषालु भएको निरर्थक रट लगाइरहने अर्थराजनीति जस्तो रहस्यमय र जटिल छैन । यसको अर्थराजनिति भित्र विश्व इतिहासकै सबै भन्दा शक्तिशाली कार्टेल (गठवन्धन) छ जसले खुर्पानीलाई विषालु करार गर्दै क्यान्सरलाई सधैभरी डरलाग्दो रोगको रुपमा कायम राख्न चाहन्छ । यसमा के मात्रै भन्न सकिन्छ भने भिटामिन वि १२ भित्रको साइनोकोवाल्टिन र हामीले दैनिक उपभोग गर्ने नुन (सोडियम ल्कोराइड) भित्रको ल्कोरिन के विष हाइनन् ? अनि हामीले अव ती बस्तुहरुसंग पनि डराउनु पर्ने हो ? अन्तमा आधुनिक औषधी जगतका पिता मानिने हिपोक्रेट्सको “तपाईको खाना नै तपाईको औषधी हो” भन्ने सास्वत भनाईबाट विट मार्न चाहन्छु । आखिर उचित खाना नै हाम्रो औषधी रहेछ भने किन व्यर्थैमा दुख र खर्चको बाटो लिने ?

पूनस्चः यो आलेख केवल सूचना प्रवाहको लागि मात्र भएकोले कुनै पनि मेडिको–लिगल प्रयोजनको लागि यो आधार बन्ने छैन ।

बाबुलाल भण्डारीद्वारा लिखित थप :-

बिना केमो, यसरी क्यान्सरमुक्त भएँ

 

खानाबाटै क्यान्सर भगाउनुहोस्

 

तपाई खाना खादै हुनुहुन्छ कि विष ?