घोडाघोडी क्याम्पस संचालक समिति : आचार्य भर्सेज ओझा

विशाल पाण्डेय / कैलाली ।
जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा नयाँ क्याम्पस सञ्चालक समितीको निर्वाचन तालिका सार्वजनिक भए संगै सुखडमा चुनावी चहलपहल सुरु भएको छ ।
यहि चैत २७ गते हुने निर्वाचनका लागी अध्यक्ष पदमा सिद्व आचार्य र सिद्वराज ओझाको उमेद्ववारी परे सङ्गै चुनावी चहलपहल बढेको हो । अध्यक्ष निर्वाचनका उम्मेदवार आचार्य विद्यार्थी युवा नेता हुन भने ओझा समाजसेवी हुन् ।
निर्वाचनमा अध्यक्ष सिद्ध राज आचार्यको प्यानलमा उपाध्यक्ष खगु देबि बाेहरा(सुनिता) रहेकी छन् भने सिद्बराज ओझाको प्यानलमा उपाध्यक्ष तर्फ सरोज न्युरे रहेका छन् ।
यस्तै आचार्यको प्यानलमा सदस्यहरु शेर बहादुर बाेहरा, तिलकराम सापकोटा र रमेश बस्नेत रहेका छन् भने ओझाको प्यानलमा दिपक राज जोशी, कुश प्रसाद तिवारी सदस्य रहेका छन् ।
त्यस्तै घोडाघोडी बहुमुखी क्याम्पसको लेखा समिति संयोजकमा तारा प्रसाद शर्मा , लेखा समिति सदस्य जनक के.सी , प्रेमराज सापकोटा तथा सदस्यहरुमा रुपलाल डगौंरा , टिका अम्मै, जगत विक निर्विरोध निर्वाचित भइसकेका निर्वाचन समितीका संयोजक शिवराज ढकालले जानकारी दिए ।
निर्वाचन यहि चैत २७ गते बिहान ८ बजे देखी सुरु भएर मध्यान्न १२ बजे सम्म चल्ने निर्वाचन समितीले जनाएको छ । निर्वाचनमा घोडाघोडी बहुमुखी क्याम्पसका ३ सय ५७ जना सदस्यहरुले मतदान गर्न पाउने भएका छन् ।

