मोदीले बन्द गरे विराटनगरको भारतीय क्याम्प ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

मोदीले बन्द गरे विराटनगरको भारतीय क्याम्प !



काठमाडौं । भारत सरकारले विराटनगरमा खडा गरेको क्याम्प अफिस बन्द हुने भएको छ । भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसको औचित्य पूरा भएकाले बन्द गरिने भएको हो ।

सन् २००८ मा नेपालस्थित भारतीय दूतावासले खोलेको अफिसको औचित्य पूरा भएको भन्दै बन्द गर्न लागिएको हो ।

कोशी नदीले निम्त्याएको बाढी नियन्त्रण एवं त्यसले उत्पन्न परिस्थिति सहज बनाउन भारतीय दूतावासले उक्त क्याम्प अफिस खडा गरेको थियो ।

यो निर्णय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाएका थिए ।

त्यतिबेलै ओलीले मोदीलाई धन्यवादसमेत दिएका थिए । ओलीले भने यो कुरालाई सार्वजनिक गरेका थिएनन् ।