सिंहदरबारमा मन्त्रिपरिषद्क बैठक जारी, महत्वपूर्ण निर्णय हुनसक्ने - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

सिंहदरबारमा मन्त्रिपरिषद्क बैठक जारी, महत्वपूर्ण निर्णय हुनसक्ने



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा साढे तीन बजेदेखि बैठक बसेको बताइएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल,सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की,सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, रक्षा मन्त्री डा. मीनेन्द्रप्रसाद रिजाल र खानेपानी मन्त्री उमाकान्त चौधरी पुगेका छन् ।

त्यसैगरी बैठकमा परराष्ट्र मन्त्री नारायण खड्का,शिक्षा मन्त्री देवेन्द्र पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ, वनमन्त्री रामसहायप्रसाद यादव, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, खेलकुद मन्त्री महेश्वरजंग गहतराजसँगै मुख्य सचिव शंकरदास बैरागीलगायतको उपस्थिति रहेको छ ।

आजको बैठकले केहि महत्वपूर्ण निर्णय गर्नसक्ने बताइएको छ ।