सिपि मैनालीको खुलासा : वाम गठबन्धन धेरै दिन टिक्दैन - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

सिपि मैनालीको खुलासा : वाम गठबन्धन धेरै दिन टिक्दैन



नेकपा मालेका महासचिव सिपी मैनालीले वाम गठबन्धन धेरै दिन टिक्न नसक्ने बताएका छन्।

शनिबार दाङमा नेकपा मालेको राष्ट्रिय परिषद् अधिवेशनको समापनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

वाम गठबन्धको नेतृत्व गर्नेको चरित्रका कारण एकता नटिक्ने उनको भनाइ थियो ।

‘शक्ति र सत्ताका लागि भएको वाम गठबन्धन कसरी टिक्छ’, महासचिव मैनालीले भने । वाम गठबन्धनमा मुख्य समस्या नीतिगत रहेको उनले बताए ।

उनले वाम गठबन्धनको एकता टिकोस् भन्ने चाहना भने रहेको धारणा राखे ।

‘हामीले एकता टिकोस् देशको विकास होस् भन्ने चाहान्छौँ’, मैनालीले थपे। मैनालीले आफ्नो पार्टीले एजेण्डा मिल्नेहरुसँग सहकार्य गरेर अगाडि बढ्नेसमेत बताए ।

पत्रकार समेलनमा राष्ट्रिय परिषद् सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए । चैत १ गतेदेखि शुरु भएको राष्ट्रिय परिषद् अधिवेशन ३ गतेसम्म सञ्चालन भएको थियो ।