व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान



ईन्द्र कमल जैरु / नयाँ दिल्ली 

नेपाल सरकारले देश विकासमा मेरुदण्ड साबित हुनसक्ने अन्तर्राष्ट्रिय लगानीलाई भित्र्याउन मार्च अन्तिम साता लगानी सम्मेलनको आयोजना गर्ने तयारी गरिरहेका बेला दिल्लीमा सोही विषयलाई जोड दिएर नेपाल लगानी एवं व्यवसाय सम्मेलन आयोजना गरिएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावास र दिल्लीमा नेपाली व्यवसायीहरूको सङ्गठन एभरेस्ट च्याम्बर अफ कमर्स एन्ड इण्डस्ट्रीको सह-आयोजनामा सम्मेलन गरिएको हो । ठुलो सङ्ख्यामा नेपाली र भारतीय उद्यमीहरूको उपस्थिति रहेको कार्यक्रममा नेपाली दूतावासले नेपालमा लगानी गर्न आह्वान गरेको छ । समारोहमा बोल्दै भारतका लागि कार्यवाहक नेपाली राजदूत भरतकुमार रेग्मीले नेपाल-भारतको सम्बन्धको चर्चा गर्दै नेपालको विकासमा बाह्र लगानीको आवश्यकता भएकाले भारतमा रहेका व्यवसायीलाई लगानी गर्न आह्वान गर्नु भयो ।

त्यसैसगरि दूतावासका अर्थसम्बन्धीका मन्त्री कृष्ण हरी पुष्करले नेपालमा लगानी गर्ने वातावरण बनेकाले लगानी गर्न आह्वान गर्दै हरेक प्रकारका सहयोगका लागि नेपाल सरकार र नेपाली दूतावास सधैँ तत्पर रहेको आ·ाासन दिनुभयो । कार्यक्रममा उपस्थित रहनु भएका नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले पनि प्रवासमा रहेका नेपाली व्यापारी र भारतीय व्यापारीलाई लगानी गर्न आह्वान गर्नु भयो । समारोहमा बोल्दै नेपालका लागि भारतका पूर्व राजदूत के भी राजनले आफूले नेपाललाई नजिकबाट नियालेको अनुभव सुनाउँदै नेपालमा लगानीको सुअवसर भएकाले नेपालमा लगानी गर्न भारतीय उद्यमीलाई आग्रह गर्नु भएको छ ।

समारोहमा बोल्दै एभरेस्ट च्याम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका महासचिव मोहन कार्कीले सम्मेलनको महत्त्वका बारेमा प्रकाश पार्दै नेपाली र भारतीय व्यवसायीको सहकार्यमा नेपाल र भारतको आर्थिक विकासमा सघाउ पुर्‍याउन सकिने धारणा राख्नु भएको थियो । भारतका विभिन्न क्षेत्रमा व्यवसायी गर्दै आएका नेपाली व्यवसायी, भारतीय व्यवसायीका साथै पूर्व मन्त्री र सांसद र विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।