व्यवसायीहरूले विदेश जाने कामदारको उडान बन्द गर्ने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

व्यवसायीहरूले विदेश जाने कामदारको उडान बन्द गर्ने



काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग ५ बुँदे माग अघि सारेको छ।

आफ्ना मागहरू आगामी जेठ १६ गतेसम्म पूरा नभए जेठ १७ गतेदेखि जेठ २३ गतेसम्म ७ दिन वैदेशिक रोजगारमा जाने कामदारहरूको उडान बन्द गर्ने चेतावनी समेत दिएको छ।

आफूले राख्ने धरौटी रकमको ब्याज पाउने व्यवस्था सरकारले गर्नुपर्ने, मर्जर हुने म्यानपावर कम्पनीहरूलाई उपयुक्त सुविधाको व्यवस्था गर्नुपर्ने लगायतको माग व्यवसायीको छ।

त्यस्तै मलेसिया रोजगारी सुचारु गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचिकृत भएका मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गरी नयाँ कामदार पठाउनु पर्ने संघले माग राखेको छ।

संघका अध्यक्ष रोहन गुरुङले सरकारले जेठ १६ गतेसम्म व्यवसायीहरूका माग सम्बोधन गर्न आनाकानी गरेमा जेठ १७ गतेदेखि २३ गतेसम्म कामदारहरुको उडान बन्द गरी सम्पूर्ण कारोबार ठप्प पार्ने चेतावनी दिए।

उनले भने, ‘कामदारको मागपत्र प्रमाणीकरण दूतावासले गर्दा रोजगारदाताहरू बारम्बार दूतावास धाउनुपर्ने हुँदा झन्झटिलो भएको छ। नेपालका कामदारको माग घट्दै गइरहेकाले मागप्रमाणीकरणका लागि सरकारले अनलाइन प्रणालीको व्यवस्था गर्न आवश्यक छ।’

त्यस्तै वैदेशिक रोजगारमा कामदार पठाएबापत् म्यानपावर कम्पनीहरूले पाउनुपर्ने सेवाशुल्क सरकारले तोक्नुपर्ने व्यवसायीहरूले बताएका छन्।

विज्ञप्ति: