बुटवललाई मुलुककै आर्थिक हव बनाउने संयुक्त प्यानलका उम्मेद्वारको प्रतिवद्धता - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बुटवललाई मुलुककै आर्थिक हव बनाउने संयुक्त प्यानलका उम्मेद्वारको प्रतिवद्धता



बुटवल ७ असार

नेपाली काँग्रेस र नेकपा माओवादीकाका उम्मेदवारहरुले बुटवललाई मुलुककै आर्थिक हवको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन ।मंगलवार बुटवलमा भएको उद्योगी व्यवसायीको भेलालाई सम्वोधन गर्दे उनिहरुले मुलुकको आर्थिक केन्द्रविन्दुको रुपमा बुटवललाई विकास गर्ने सकिने प्रसस्त सम्भावना रहेको बताए छन । उनिहरुले बुटवलको मुहार फर्ने नै पार्टीले विश्वास गरेर आफूहरुको उम्मेदवार बनाएको औल्याएका छन ।

नेपाली कांग्रेसवाट मेयरको उम्मेदवार खेलराज पाण्डेले एमालेले कांग्रेस र माओवादीले गरेको कामलाई भजाएर जनतालाई भ्रममा पारेको बताउदै माओवादी कांग्रेस गठबन्धनको सरकारले उद्योगी व्यवसायीलाई टेवा पुग्ने काम गरेको बताए ।
उनले कांग्रेसर माओवादी केन्द्रको जित नै उद्योगी व्यवसायीहरुको जित भएकाले उद्योगी व्यवसायीको संरक्षणको लागि संयुक्त प्यानललाई विजयी गराउन अपिल गरे ।

त्यसैगरी नेकपा माओवादी केन्द्रवाट उपमेयर पदका उम्मेदवार जगतबहादुर पोखरेलले समग्रमा बुटवलको विकासको लागी भिजन आफूसंग भएको बताउदै त्यसलाई साकार पार्न उद्योगी व्यवसायीहरुको सहयोग अपरिहार्य भएको बताए । कार्यक्रममा पुर्व मन्त्रि शंकर भण्डारीले बुटवलको जितको संन्देशले मुलुको राजनितिमा राष्ट्यि राजनितिमा प्रभाव पार्ने बताउदै इमान्दारीपुर्व संयुक्त प्यानलका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरे ।

नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दधिराम न्यौपानेले शान्ति प्रकृयादेखी नै माओवादी केन्द्र र कांग्रेसको सहकार्य रहेको बताउदै शान्ति र संवृद्धिको लागी दुई दलविच चिरकाल सम्मको सहकार्य जरुरी रहेको बताए ।कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद शंकर पाण्डे, क्षेत्रिय सभापति हरि लम्साल, बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हिरा प्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह महासचिव हरिप्रसाद अर्याल लगायतले वोलेका थिए ।