बुटवल बाट प्रकाशन ‘दैनिक पत्र’ राष्ट्रिय दैनिक, १३औं वर्षमा प्रवेश - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बुटवल बाट प्रकाशन ‘दैनिक पत्र’ राष्ट्रिय दैनिक, १३औं वर्षमा प्रवेश



हिमाल पोष्ट / बुटवल , ‘दैनिक पत्र’ राष्ट्रिय दैनिक, १३औं वर्षमा प्रवेश गरेको अवसरमा बिहान पञ्चेबाजा र ब्याण्ड बाजासहितको प्रभात फेरि एवं र्याली सम्पन्न भएको छ ।

कार्यक्रमलाई मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष एवं नागरिक आन्दोलनका अभियान्ता कृष्ण पहाडीले सम्बोधन गर्दै मोफसलको पत्रकारितामा दैनिक पत्रले नयाँ उचाई प्राप्त गरी नमुना प्रकाशनको रुपमा आफूलाई स्थापित गरेकोमा खुशी व्यक्त गरे ।

मानव अधिकार तथा शान्ति समाज राष्ट्रिय परिषद्को बुटवलमा राष्ट्रिय बैठक चलिरहेको प्रसंग उल्लेख गर्दै मानव अधिकारवादी नेता पहाडीले मुलुकमा मानव अधिकारको रक्षा, शान्ति र सम्वृद्धिका लागि संविधानको प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको बारे जोड दिए ।

बुटवल राजमार्ग चौराहाबाट संविधान कार्यान्वयन गर्न दवाव सिर्जना गरौं भन्ने नाराका साथ दैनिक पत्र, जनसंघर्ष, स्वाधीन र दैनिकपत्र डटकमको ब्यानरसहित सुरु भएको प्रभात फेरि तथा पञ्चे बाजा र ब्याण्ड बाजासहितको विशाल र्यालीले मिलनचोक, हस्पिटल लाइन, अमरपथ, संगमपथ हुँदै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रममा बुटवल मिडिया प्रकाशन प्रा।लि।का अध्यक्ष महेशमान सिंहले दैनिक पत्र प्रकाशनका गौरवपूर्ण एवं चुनौतीपूर्ण १३ वर्षका बारेमा जानकारी गराउदै प्रकाशन संस्था नयाँ अभियानका साथ अगाडि बढेको बताए ।

\कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी,रुपन्देही व्यापारसंघका अध्यक्ष मोतीलाल पाण्डे, लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष हिमलाल ज्ञवाली, प्रा।लि।का सञ्चालक अनुपमान सैजु,प्रधान सम्पादक तथा कार्यकारी प्रमुख बालकृष्ण चापागाईं लगायतले बोलेका थिए ।

दैनिक पत्रले आफ्नो वार्षिक उत्सका अवसरमा विभिन्न रचनात्मक कार्यक्रमका साथ विभिन्न चरणमा मनाउँदै जाने योजना रहेको कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईंले बताए ।