लियो क्लव अफ बुटवल स्टार्सको नयाँ कार्यसमिति चयन, अध्यक्षमा अग्रहरी
बुटवल । लियो क्लव अफ बुटवल स्टार्स्को अनलाईन प्रविधि मार्फत निर्वाचन सम्पन्न भएको छ । कोरोनो संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको पुर्ण पालना गर्दै क्लवले बिहिवार अनलाईन प्रविधिलाई प्रयोग गर्दै निर्वाचन गरेको हो ।
अनलाईन प्रविधि मार्फत भएको निर्वाचनमा वर्ष २०२०÷२१ का लागि अध्यक्षमा दिपेश कुमार अग्रहरी निर्वाचित भएका छन् । उनि एक सफल युवा व्यवसायी पनि हुन् । त्यस्तै क्लवको प्रथम उपाध्यक्षमा विनोद कुमार जयसवाल, द्धितिय उपाध्यक्षमा शिवम् कसौधन, तृतिय उपाध्यक्षमा उज्जवल गैरे निर्वाचित भएका छन् ।
त्यस्तै क्लवको सचिवमा अजय कुमार महतो, सह–सचिवमा विक्रम प्रसाद आचार्य निर्वाचित भएका छन् भने क्लवको कोषाध्यक्षमा रन्जित कसौधन र सहकोषाध्यक्षमा गोविन्द वि.क. निर्वाचित भएका हु । त्यस्तै क्लवका डाइरेक्टरमा अजय कुमार वानिया, विराट श्रेष्ट र रितेश गुप्ता निर्वाचित भएको निर्वाचन अधिकृत तथा क्लवका पूर्व अध्यक्ष अर्जुन प्रसाद श्रेष्ठले जानकारी दिए ।
त्यस्तै क्लवको सचेतकमा अभिषेक बर्नवाल, जनसम्पर्क अधिकृत सरोज पोखरेल र जिन्सी प्रमुखमा अनुराग कसौधन निर्वाचित भएको निर्वाचन श्रेष्ठले जानकारी दिए । लियो क्लव अफ बुटवल स्टार्सको लियो एडभाइजर दिपक भट्टराई रहेका छन् ।
