बुटवलका विद्यालय पनि दुई दिन बन्द - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

बुटवलका विद्यालय पनि दुई दिन बन्द



बुटवल – हिउँदे वर्षासँगै बढेको चिसोका कारण बुटवलका विद्यालय दुई दिन बन्द गरिने भएको छ। बुटवल उपमहानगरपालिकाले बुधबार र बिहीबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।

पश्चिम न्यून चापीय प्रणालीका कारण चिसो बढेको र चिसोसँगै मंगलबार रातिदेखि नै वर्षासमेत भइरहेको भन्दै उपमहानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यको ख्याल गर्दै शैक्षिक संस्था बन्दको निर्णय गरेको हो।

उपमहानगरपालिकाद्वारा बुधबार जारी सूचनामा उपमहानगरअन्तर्गत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गर्न आह्वान गरिएको छ।