बुटवलमा यस कारण बन्न सक्छ प्रदेशको राजधानी - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

बुटवलमा यस कारण बन्न सक्छ प्रदेशको राजधानी



बुटवल । प्रदेश नं. ५ को राजधानी बुटवल वा दाङ यो विषय अहिले बजारका चिया पसल देखि चोक चोकमा बहस हुन थालेको छ । दाङबाट प्रदेशको राजधानी दाङ नभए आठौ प्रदेशको जन्म हुन्छ भनेर माओवादी नेता कृष्ण बहादुर महराले भनिरहदा बुटवलबाट एमाले नेता विष्णु पौडेल प्रदेशको राजधानी बुटवल नभए अखण्ड लुम्बिनी जस्तै आन्दोलन चर्काउँछौ भन्दै भाषण गरिरहेका छन । यस कारण पनि पाँच नम्बर प्रदेशको राजधानी सजिलै तोकिन्छ भन्न सक्ने स्थिती छैन ।

स्थानिय तहको निर्वाचन, प्रदेश र प्रतिनिधी सभा निर्वाचनको समयमा बुटवलमा राजनितीक दलले प्रदेश राजधानीको मुद्धालाई चुनावी एजेण्डा बनाएर निर्वाचनमा होमिए । निर्वाचन सफल भएपछि विज्ञको टोली बुटवलमा राजधानीका लागि आवश्यक पुर्वाधार हेर्न पनि आयो । विज्ञ टोलीले प्रदेशको राजधानी बुटवल नै उपयुक्त भनिरहदा दाङमा पुर्वधार हेर्न आएको विज्ञ टोलीले पनि दाङ नै उपयुक्त भनेपछि पुनः यो विषय बढि सतहमा आएको छ ।

बुटवलमा पनि प्रदेशको राजधानी हुने प्रसस्त आधारहरु छन । त्यस कारणले पनि प्रदेशको राजधानी बुटवल हुनेमा यहाँका सवै जनताहरु विश्वस्त छन । बुटवलमा अखण्ड लुम्बिनीको आन्दोलन चलिरहदा दाङ मुखदर्सक भएको भन्दै त्यसको आलोचना अहिले दाङले खाइरहेको छ । अर्को तर्फ प्रदेश प्रमुख दाङको भएमा प्रदेशको राजधानी बुटवललाई बनाउन सकिने आशा पनि यस क्षेत्रका जनताहरुले चियापसल हरुमा गफ गर्दाको क्रममा सुन्न सकिन्छ ।

बुटवलमा यस कारण बन्न सक्छ प्रदेशको राजधानी
राजनितीक पकड
नेपाली राजनितीमा उच्च प्रभाव जमाउन सक्ने राजनितीज्ञ रुपन्देही जिल्लामा छन । त्यस संगै छिमेकी जिल्ला, पाल्पा, अर्घाखाँची, गुल्मी लगाएका जिल्लाबाट पनि बुटवललाई प्रदेशको राजधानी बनाउन सक्ने बहुमत राजनितिक दलहरु संग छ । रूपन्देहीको बुटवल राजधानी बनाउनका लागि राजनीतिक लबिङ यहाँ रहेको खासगरी एमाले नेताहरू विष्णु पौडेल, घनस्याम भुसाल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, नेपाली काङ्ग्रेसका बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, चन्द्र भण्डारी, यस्तै माओवादीका टोपबहादुर रायमाझी जस्ता नेताहरूको केन्द्रमा राम्रो पकड छ ।
उनीहरूले पार्टी्भित्र र बाहिर गर्ने निणर्यले बुटवल प्रदेशको राजधानी बन्ने कि दाङ बन्ने कुराले महत्वपूर्ण प्रभाव पार्छ ।

पहाडि जिल्लालाई सुगमता
सुगमताका हिसाबले जनताले के माग उठाउने सक्छन् भने भौगोलिक अवस्था र सामाजिक कारणले बुटवलसँग लुम्बिनी अञ्चलबासीको निकटको सम्बन्ध छ । बुटवल बस्नेमध्ये धेरैको गुल्मी, आर्घाखाची, पाल्पामा दोहोरो बसाइ छ । उनीहरूको मनोभाव पनि बुटवलमा राजधानी बनाउनुपर्ने छ । त्यस बाहेक अन्य जिल्लाहरुका लागि पनि राजधानी काठमाडौं जान पुर्व पश्चिम महेन्द्र राजमार्ग रहेको बुटवलका कारणले बुटवल सवैका लागि पायक पर्दछ । बुटवल पुरानो व्यापारिक स्थान पनि हो । अहिलेकै अवस्थामा पनि बुटवलबाट प्रदेश नं. ५ का अधिकांस जिल्लाहरुमा बुटवलबाटै मालसामान ढुवानी पनि हुँदै आएको छ । यस कारण प्रदेशको राजधानी बुटवलमा आउँदा अन्य कामहरु पनि जनताले गर्न सक्नेछन ।

राजधानीका लागि पुर्वधार
सह क्षेत्रिय प्रसासन कार्यालय पोखराका निमित्त प्रमुख बावुराम गौतम सहितको विज्ञ टोलीले बुटवलका विभिन्न स्थानमा पुगि आवश्यक पुर्वधार भए नभएको बारे खोजी ग¥यो । प्रदेश प्रमुखको सचिवालय ईलाका प्रशासनको कार्यालय, मुख्य मन्त्रीको कार्यालय राजश्व अनुसन्धान बुटवलमा राख्न सकिने छ । त्यसैगरी सिप विकास केन्द्र रामनगर, यातायात व्यवस्था कार्यालय, नोपतौल कार्यालय, ईलाका प्रशासन कार्यालय, बुटवल उद्योग बाणिज्य संघको सभा हल, श्रम कार्यालयको नवनिर्मित भवन, व्यापार संघको सभा हल, कान्ति सभा हल र बुटवलको रामनगरमा रहेको धागो कारखानामा सवै मन्त्रालय राख्न सकिने अवस्था छ । यस कारणले पनि बुटवल प्रदेशको राजधानीका लागि उपयुक्त छ ।

रोजगारको सम्भावना
बुटवल व्यापारिक सहर भएका हिसावले पनि यस क्षेत्रमा रोजगारको सम्भावना उत्तिकै बढि छ । त्यसमाथी प्रदेशस्तरीय मोतिपुर औद्यौगिक क्षेत्र निमार्ण प्रक्रियामा छ । यहाँ उद्योग कलकाहलरखना, व्यपारसँगै रोजगारीको सम्भावना निकै बढी छ । अहिलेको अवस्थामा हेर्ने हो भने पहाडि जिल्लाहरु पाल्पा, गुल्मी र अर्घाखाँचीका अधिकांशहरु बुटवलमा रोजगार सिर्जना गरी बसिरहेका छन । त्यस संगै लुम्बिनी रहेको यस ठाउमा पर्यटकिय सम्भावनाका हिसावले पनि रोजगारको सिर्जना बढि छ । ठुला ठुला स्टार होटलहरुको सञ्चालन र विकास निर्माणका कामका कारणले पनि रोजगारको सम्भावना बुटवलमा बढि छ ।

शैक्षिक हव
बुटवलमा अब प्रदेश स्तरको बहुमुखी क्याम्पस छ । अझ यसलाई स्तरउन्नती गर्न सकिन्छ । राष्ट्रलाई उत्कृष्ट नजिता दिन सक्ने सरकारी तथा निजी शैक्षिक संस्थाहरु यहाँ छन । निजी तर्फ उत्कृष्ट नजिता दिएका न्य्रू होराईजन, दिप बोडिङ, एभरेष्ट बोडिङ, प्यारामाउण्ट बोडिङ, अक्सफोर्ड बोडिङ, एपेक्स स्कुल, सैनामैना मेमोरियल बोडिङ लगाएका निजी क्षेत्रका शैक्षिक संस्थाहरु रहेका छन । सामुदायिक तर्फ कालिका माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालय, नविन औद्योगिक माध्यमिक विद्यालय, शान्ती नमुना विद्यालय यस क्षेत्रका उत्कृष्ट सामुदायिक विद्यालयहरु हुन । उच्च शिक्षाका लागि न्यु होराईजन कलेज, तिनाउ कलेज, नेपथ्य कलेज, एम्स कलेज, अक्सफोड कलेज, एभेरेष्ट कलेजहरु यस क्षेत्रमा छन । बुटवल सँगै भैरहवामा भैरहवा बहुमुखी क्याम्पस पनि रहेको छ ।

पुर्वधारको निर्माण
बुद्ध जन्मस्थल लुम्बिनीको गुरुयोजना अहिले निर्माणको क्रममा छ । भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्दै छ । ६ लेन सडकको ६० प्रतिशत काम भइसकेको छ भने अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल, बेलबास बेथरी पर्यटकिय सडकलगायत पूर्वाधारका कारण प्रदेशको राजधानी तुल्सीपुर भन्दा बुटवल उपयुक्त हुन्छ ।

उद्योगको विस्तार
नेपालको मध्यभाग तथा भारतीय बजारबाट नजिक रहेका कारण रुपन्देही उद्योग स्थापनाको उपयुक्त स्थान बन्दै गएको छ । रुपन्देहीमा ठूला पूर्वाधार बन्न शुरु भए यता उद्योग खुल्ने क्रम बढेको हो । रुपन्देही ठूला उद्योग भएका जिल्लामा पहिलो स्थानमा पर्छ । जिल्लामा तीन सय ५० बढी ठूला उद्योग छन् । पछिल्लो समय यहाँ ठुला उद्योगहरुको चाप झन बढेको हो । बुटवल–भैरहवा सडकको पूर्व पश्चिम, लुम्बिनी कोरिडोर क्षेत्र लगभग उद्योगहरुले भरिएको छ । सिक्टहन, देवदह क्षेत्रमा ठूला उद्योग खुल्ने तयारीमा छन् । अहिलेसम्म सिमित वस्तु उत्पादन गर्ने उद्योगहरुमा लगानी बढाइएको छ भने साना उद्योगहरुको संख्या बढेको छ । जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा साढे ९ हजारबढी उद्योगहरु चालु अवस्थामै रहेका छन् । गएको वर्षमात्रै एक हजार ३६ वटा उद्योग दर्ता भएका थिए । यी ३ करोड लगानीभन्दा कमका हुन् । उर्जा, कृषि, वन पैदावार, खाद्यन्न, छाला, प्लाष्टिक, स्टिल, फलामजन्य, सिमेन्टजन्य लगायतका उद्योग खुलेका छन् । ठूलो लगानीका उद्योग मात्रै २ सय २१ वटा छन् । यी उद्योगमा अर्बाै लगानी छ ।

स्वास्थ्यमा पनि अव्वल
रुपन्देही जिल्लामा युनिर्भसल मेडिकल कलेज छ । त्यस संगै तिलोत्तमा नगरपालिकामा सरकारी स्तरको मेडिकल कलेजका लागि आवश्यक तयारी हुँदै छ । त्यस बाहेक १ सय बर्ष पुरानो लुम्बिनी अञ्चल अस्पताल पनि यहि रहेको छ । अञ्चल अस्पताललाई पनि मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने आवाज उठिरहेका छन । त्यसैगरी सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) पनि यसै क्षेत्रमा रहेको छ । त्यस संगै निजी क्षेत्रका ठुला अस्पतालहरु पनि यहाँ रहेका छन । बुटवल अस्पताल, तिलोत्तका अस्पताल, मेडिटेक अस्पताल, लुम्बिनी नर्सिङ, चौराह अस्पताल, लायन्स आखा अस्पताल लगाएका अस्पतालहरु यस क्षेत्रमा छन । त्यसैगरी गैरनाफामुलक एक मात्र गौतम बुद्ध मुटु अस्पताल पनि यहि नै रहेको छ । हरेक उपचार बुटवलमा हुन सक्ने प्रसस्त अस्पतालको विकास यस क्षेत्रमा छ । भैरहवामा भिम अस्पताल, रणअम्बिका आँखा अस्पताल, सिद्धार्थ अस्पताल पनि रहेको छ ।

सुरक्षाको प्रबन्ध
रुपन्देहीको बुटवल सुरक्षाको हिसावले पनि अत्यान्तै सुरक्षित छ । प्रदेशको राजधानी भएको खण्डमा आवश्यक आपत्तकालिन अवस्थामा सुरक्षा परिचालन गर्न र सुरक्षाकर्मी बुटवलमा ल्याउनका लागि परासी, कपिलबस्तु, पाल्पा र अर्घाखाँचीबाट एक डेढ घण्टाको अवस्थामा सुरक्षाकर्मीलाई बुटवलमा ल्याउन सकिन्छ । त्यस बाहेक बुटवलमा प्रदेश नंं ५ स्तरिय नेपाल आर्मीको क्याम्प बनिसकेको छ । शसस्त्र प्रहरी, नेपाल प्रहरीको पनि यहाँ जस्तो अवस्थामा पनि परिचालन गर्न सकिन्छ । सिमा क्षेत्र संग जोडिएको जिल्लाका कारण घटना विशेषमा सिमा सिल गरेर पनि आवश्यक काम गर्न सकिन्छ ।

विकाश पराजुलीकाे सहयाेगमा