बुटवल बहुमुखीमा CSIT विद्यार्थीको लागि एक महिने तालिम सुरु ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बुटवल बहुमुखीमा CSIT विद्यार्थीको लागि एक महिने तालिम सुरु !



आभास पौडेल /रुपन्देही

बुटवलको केन्द्रमा स्थित बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत Bsc(CSIT) का प्रथम वर्ष र दोस्रो वर्षमा विद्यार्थीलाई मध्यनजर गर्दै एक महिने तालिम आजबाट सुरु भएको छ  ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख शशिसरण सुवेदी  CSIT पश्चिम छेत्रमा सब्रप्रथम यस क्याम्पसमा आएको र अहिले चारै तिर भएनि उच्च स्थारको पढाइ  बहुमुखीमा हुने र यहाँका सरहरु गएर अन्य  क्याम्पसमा पढाउने गरको बताउनु भयो  । उहाले आउदो वर्षमा अझै थप गर्ने बताउनु भयो ।

कार्यक्रमको बिचमा प्रथम र दोस्रो वर्षका विद्यार्थीले पनि  तालिमको विषय आफ्नो भनाइहरु राखेका थिए।
उद्घाटन समारोहमा बुटवल बहुमुखीका क्याम्पस प्रमुख सशिशरण सुवेदी सहायक प्रमुख विजय प्रसाद सापकोटा , थानेश्बर अर्याल ,CSIT  विभागका प्रमुख सुनिल कुमार यादव एवंम्  ट्रेनर  कृष्ण अधिकरि र सुदिप ढकाल लगायतको उपस्थिति रहेको थियो ।