बुटवलमा सञ्चालित मेला आज समापन हुने - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बुटवलमा सञ्चालित मेला आज समापन हुने



बुटवल : नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आयजना गरेको दोस्रो राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि ब्यापार तथा पर्यटन प्रबद्र्धन २०७४ मा काे समापन मेला आईतबार दिउँसो साढे दुई बजे समापन हुनेछ । मेलामा शनिबार दर्शकको निकै चाप बढेको थियाे ।

शनिबार विदाको दिन परेको पनि दर्शकको चाप बढेको हो ।साथै मेलामा भलिवल प्रतियोगिता जारी रहेकाले पनि दर्शकहरु झुम्मिएका छन् । शनिबार भएको भलिवल प्रतियोगितामा ३–० सेट अन्तरले आधिखोला युवा क्लव हङकङ स्याङ्जाले मणिमुकुन्द युवा क्लब बी लाई पराजित ग¥यो ।

ई–सेवा समाज नेपालले ३–२ सेट अन्तरले ब्रेभ गोर्खा क्लबलाई पराजित ग¥यो । मणिमुकुन्द क्लब बी ले ३–१ सेट अन्तरले प्रहरी तालिम केन्द्रलाई पराजित ग¥यो भने मणिमुकुन्द युवा क्लव ए ले मानपकडी युवा क्लबलाई वाकओभरमा पराजीत ग¥यो । आईतबार फाइनल चरणका खेलहरु हुने खेल संयोजक नेत्र रुचालले जानकारी दिए ।

अत्याधिक घुईचो रहेको मेलामा शनिबार जीवन शर्मा, जिवन परियार, जुना मगर, उमादेवि खनाल, हास्य कलाकार शशि रिजाल लगायतका कलाकारले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको प्रचार संयोजक यमलाल मरासीनीले जानकारी दिए ।

शनिबार मेलामा करिब ४ करोडको कारोवार भएको र ३८ हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक संगठनका निवर्तमान अध्यक्ष खिमनारायण पराजुलीले जानकारी दिए ।

समापनको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेकपा एमालेका नेता विष्णु पौडेल आउनुहुने आयोजकले जानकारी दिएका छन् ।